राक्सिराङ्ग बाल संरक्षण नीति , २०८१ को मस्यौदा माथी छलफल सम्पन्न

राक्सिराङ्ग गाउँपालिकाको बाल संरक्षण नीति , २०८१ को मस्यौदा माथी छलफल तथा परिमार्जन कार्यक्रम सम्पन्न भएकोछ ।

राक्सिराङ्ग गाउँपालिकाको आयोजना तथा फ्युचर जेनेरेशन नेपालको सहकार्यमा शुक्रबार हेटौंडा -११, स्थित होटल स्मारकको सभाहलमा सम्पन्न कार्यक्रममा बाल संरक्षण नीति सम्बन्धी मस्यौदा प्रस्तुत गरिएको थियो ।

बालबालिकालाई निसस्थानिकरण गराउने उद्देश्यले राक्सिराङ्ग गाउँपालिकामा बिगत एक बर्ष देखि निरन्तर काम गर्दै आईरहेको फ्युचर जेनेरेशनको सहकार्यमा राक्सिराङ्ग गाउँपालिकाले बाल संरक्षण नीतिको मस्यौदाको बारेमा छलफल तथा संसोधनको लागि सुझाव लिइजेको हो ।

नीति तर्जुमा त हुन्छ तर कार्यान्वयनको पाटोमा चुक्ने गरेको कारण कार्यक्रम असफल हुनेगरेको भन्दै त्यसको राम्रोसङ्ग कार्यान्वयन गर्न तर जोड दिन आवश्यक रहेको औल्याईएको थियो । त्यस्तै नीति तयार पार्दैगर्दा भुगोललाई ध्यान र अध्ययन गर्न आवश्यक रहेको पनि कार्यक्रमका सहभागीहरुले छलफलको क्रममा विषय उत्थान गरिएको थियो ।

 

राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षता रहेको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ, प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेत,वडा अध्यक्षहरु, विभिन्न शाखाहरुका प्रमुखहरु,सरोकारवाला संस्था, कार्यपालिका सदस्यहरु एबम बाल अधिकार समिती राक्सिराङ्गका प्रतिनिधि र सहभागिता रहेको थियो।

राक्सिराङ्ग बाल संरक्षण नीति , २०८१ को मस्यौदा माथी छलफल कार्यक्रमको प्रस्तुतिकरणमा प्रकाश खरिवडाले सहजिकरण गर्नुभएको थियो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.