मनहरी गाउँपालिकाबाट किसानलाई उपलब्ध गराएको अनुदानको सिमिको बीउले उत्पादन दिन सुरु गरेकोछ । पालिकाले एक वडा एक उत्पादन विशेष कार्यक्रम अन्तर्गत वडा नम्बर ९ लाई घिउ सिमिको बीउ अनुदानमा बितरण गरिएको थियो ।
गाउँपालिकाबाट घिउ सिमिको बिउमा ५० प्रतिशत अनुदान प्रदान गरिएको थियो । पालिकाको ५० प्रतिशत अनुदान प्राप्तको लागि किसानको तर्फबाट ५० प्रतिशत लगानी अनिवार्य गरिएको थियो । खेतीयोग्य जमिन प्रसस्त रहेको ९ नम्बर वडामा ज्यामिरे क्षेत्रका किसानले ब्याबसायिक रुपमा सिमि तथा अन्य तरकारी उत्पादन गर्दै आईरहेकाछन् ।
करेसाबारी तथा ब्याबसायिक खेतीको लागि भनेर दुई किसिमको बीउ अनुदान प्रदान गरेको पालिकाले ७० घरपरिवार र १ सय १४ घरपरिवारलाई करेसावारि तथा ब्याबसायिक खेतिको लागि बीउ बितरण गरिएको थियो । करेसाको लागि प्रती घरपरिवार १०० ग्रामको दरले ७ किलोग्राम त्यस्तै ब्याबसायिक रुपमा खेती गर्ने प्रती घरपरिवारलाई प्रती गट्ठा १ किलोग्रामको दरले २ सय ७३ किलोग्राम घिउ सिमिको बीउ ५० प्रतिशत अनुदानमा बितरण गरिएको वडा अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
अनुदान प्राप्त बीउबाट १३ बिघा १३ गट्ठा र किसानको तर्फबाट समेत ब्यहोर्ने ५० प्रतिशत सहभागिताबाट २७ बिघा भन्दा बढी क्षेत्रफलमा घिउ सिमिले ढाकेकोछ । पालिकाबाट प्राप्त ५० प्रतिशत अनुदान सिमिले प्राय सबै किसानको बारीमा सिमिले उत्पादन दिन थालेकोछ । बिहिबार साझ मात्रै अधिकांश किसान खेतमा ब्यस्त देखिन्थे । कसैले दोश्रो लटको उत्पादन टिप्दै त कसैले आफ्नो बारिमा कसरी हुन्छ राम्रो उत्पादन दिलाउनको लागि कडा मेहेनत गर्दै थिए ।
पहिलो लटमा ४० रुपैयाँ सम्म भाउ भेटेका किसान दोश्रो छिमाल टिप्दा सम्म भने बजार भाउ निक्कै तल झरेर निरास देखिन्थ्यो । किसानलाई बजारसम्म पुर्याउन र बेच्न समस्या नभएपनी मेहेनतले फलाएको तरकारीको भाउ सोछे जस्तो नपाउदा भने केही निरास देखिन्थ्यो ।
गत सिजनमा घिउ सिमिको मूल्य किसानले अधिकतम १०० रुपौया भन्दा माथीसम्म भेटेका थिए । पालिकाबाट उपलब्ध गराईएको सिमिको बिउबाट उत्पादन भने संतोषजनक नै देखिन्छ ।