मनहरी ३ को बाल संजालद्वारा १० बालबालिकालाई न्यानो कपडा र स्टेसनरीका सामान सहयोग

मनहरी गाउँपालिका वडा नम्बर ३ मा रहेको बाल संजालद्वारा वडा भित्र रहेका बिपन्न, अशक्त र सहारा बिहिन बालबालिकालाई सहयोग गरेकोछ ।

बाल संजालले देउसी भैलोबाट बचेको रकमबाट २० हजार बराबरको न्यानो कपडा र स्टेशनरीका सामान ( कापी, कलम र सिसाकलम) बितरण गरिएको गाउँपालिकाका बाल सहजकर्ता लिला तामाङले बताउनुभयो । देउसी भैलोबाट १७ हजार बचेकोमा बाल सहजकर्ता तामाङले ब्यक्तिगत ३ हजार रुपैया गरि २० हजार रुपैयाँ बराबरको सामाग्री हस्तान्तरण गरिएको हो । आईतबार र सोमबार गरि उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।

आईतबार भएको सामाग्री बितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर ( रेखा)को प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै बाँकी छुटेकाहरुलाई सोमबार बाल सहजकर्ता तामाङले उनिहरुको घरमै पुगेर सामाग्री हस्तान्तरण गरेकाथिए ।
संजालले वडा भित्र रहेका आमाबुबा बिहिन , अशक्त , अपाङ्गता भएका दश जना बालबालिकालाई सहयोग गरिएको हो ।

सर्मन सुनामको अध्यक्षतामा वडा बाल संजाल ३ नम्बर गठन गरि विभिन्न गतिबिधी संचालन गर्दै आईरहेको छ भने पालिका भरिकै सबैभन्दा सक्रिय बाल संजाल रुपमा ३ नम्बर वडालाई स्थापित समेत गरेकोछ । संजालमा सर्मनको नेतृत्व २६ जना बालबालिका आवद्ध रहेकाछन्। वडा भित्र १२ वटा समुदाय स्तरका बाल समूह र बिधालय स्तरमा ४ वटा बाल क्लब गरि १६ वटा समूहहरु सक्रिय रहेकोछ ।

संजालले महिनाको पहिलो शनिबार संजालको नियमित बैठक सन्चालन गर्दै आईरहेकोछ । संजालले अघिल्ला बर्षहरुमा पनि सहयोग गर्दै आईरहेकोछ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.