भुल्चोक सुनाचुरीका दर्शकलाई लाईभ दोहोरीमा छम छमी नचाए गायक रबिन कुमारले

फेमेली पिस एसोसिएसन मकवानपुरद्वारा आयोजित शुभकामना आदन प्रदान कार्यक्रम तथा बृहत् सास्कृतिक कार्यक्रम सम्पन्न भएकोछ । नजिकिदै गरेको चाड पर्बहरु बडा दशै, शुभ दिपावली, नेपाल सम्बत र छठको अवसरमा फुलपातीको दिन अर्थात असोज २४ गते भएको कार्यक्रम भब्यताका साथ सम्पन्न भएकोछ ।

मनहरी ६ सुनाचुरी स्थित भुल्चोकमा भएको कार्यक्रममा दर्शकको बाक्लो उपस्थिती रहेको थियो । राष्ट्रिय तथा स्थानिय कलाकारको बेजोड प्रस्तुती रहेको कार्यक्रममा लाईभ दोहोरीमा ज्वरोले अस्वस्थ अवस्थामा रहेका वडा अध्यक्ष युवराज थपलियाले समेत ननाची सुखै पाएनन्।

नेपालकै पहिलो चेपाङ गायक रबिन कुमार चेपाङको प्रस्तुतिमा दर्शकले वान्स मोर भन्दै साथ दिएका थिए । त्यस्तै आयुस्मा केसि , पार्बती लोहनी , सुजन चेपाङ , मोडल तथा गायक पवन कुमार चेपाङ, सरिता पाख्रिन र किशोर चेपाङले आ-आफ्नो प्रस्तुती दिएका थिए ।

कार्यक्रममा मनहरी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष युवराज थपलिया, निबर्तमान वडा अध्यक्ष गोपि मुक्तान एसोसिएसनका केन्द्रिय सदस्य ईश्वरी कार्की,
बागमती  प्रदेस सचिव श्याम प्रसाद अधिकारी लगाएत अन्यले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा मनहरी गाउँपालिका र डिपाड सामुदायिक बन उपभोक्ता समुहको आर्थिक सहयोगमा फेमेली पिस एसोसिएसन मकवानपुरले आयोजना गरेको हो ।

 

कार्यक्रममा फेमेली पिस एसोसिएसन मकवानपुरका अध्यक्ष नारायण श्रेष्ठको सभाध्यक्षता रहेको थियो भने कलाकार सुन्दर लामाले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.