आज राक्सिराङ्गमा ८५ मोतिबिन्दुका बिरामिको आँखाको शल्यक्रिया हुँदै

राक्सिराङ्ग गाउँपालिकाको बिभिन्न स्थानको शिविरबाट पत्ता लागेका मोतिबिन्दुका बिरामिहरुको आँखाको शल्यक्रिया आज हुँदैछ ।

बागमती प्रदेश सरकार , स्वास्थ्य मन्त्रालय ,स्वास्थ्य निर्देशनालय, हेटौंडाको आयोजना एबम हेटौंडा सामुदायिक आँखा अस्पताल, हेटौंडा मकवानपुरको प्राबिधिक सहयोग र राक्सिराङ्ग गाउँपालिकाको स्थानिय ब्यबस्थापनमा नि:शुल्क आँखा शिविर असार १२ गते देखि १५ गते सम्म पालिकाको विभिन्न वडामा सन्चालन भएको थियो ।

पालिकाको विभिन्न वडामा संचालित शिविरमा ७ सय ७८ जनाले आँखा सम्बन्धी सेवा तथा उपचार लिएको थियो । आँखा शिविरबाट छानिएका ८५ जना बिरामीहरुको मोतिबिन्दुको शल्यक्रिया राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ५ चैनपुरमा अवस्थित प्रजा जागृति माध्यामिक बिधालयमा हुन लागेको हो ।

हेटौंडा आँखा अस्पतालका विशेषज्ञ डाक्टरका ११ जनाको टोलि आँखाको शल्यक्रियामा सहभागी रहेको कार्यक्रम संयोजक सुशील कुमार सिंहले जानकारी दिनुभयो ।

गत असार १२ गते काँकडा स्वास्थ्य चौकी राक्सिराङ्ग ६, असार १२ गते नै गौदान आधारभूत स्वास्थ्य केन्द्र राक्सिराङ्ग १,असार १३ गते सरिखेत स्वास्थ्य चौकी राक्सिराङ्ग २, असार १३ गते पलासे स्वास्थ्य चौकी राक्सिराङ्ग ३, असार १४ गते देबिटार आधारभूत स्वास्थ्य सेवा केन्द्र राक्सिराङ्ग ८ र असार १४ र १५ गते राक्सिराङ्ग गाउँपालिका ५ चैनपुरमा शिविर सन्चालन गरेको थियो ।

शिविरमा फेला परेका बिरामीहरुको लागि खान र बस्नको समेत ब्यबस्था गरिएको संयोजक सिंहले जानकारी दिनुभयो । साथै शिविरबाट फेला परेका ८५ बिरामी मध्ये ६६ जना बिरामी आयोजकको सम्पर्कमा आएको समेत जानकारी दिनुभयो ।

मोतिबिन्दुका बिरमिहरुको आँखाको शल्यक्रिया गरिएकाहरुको ड्रेसिङ , औषधि र चस्मा बितरण भोलि अर्थात असार १७ गते गर्ने कार्य तालिका रहेको छ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.