मनहरी गाउँपालिकाले आफ्नो पालिका भित्र हुने स्काउटिङ्ग गतिबिधिहरुलाई बिकास,बिस्तार र परिचालनको लागि स्थानिय आयुक्त नियुक्ती गरेको हो ।
शुक्रबार पालिका उपाध्यक्ष सीता पुलामी मगर ( रेखा) ले अनन्त पौडेललाई नियुक्ती पत्र हस्तान्तरण गर्नुभएको हो । मनहरी गाउँपालिका वडा नम्बर ७ निवासी पौडेल पछिल्लो समयमा स्काउटको क्षेत्रमा सक्रिय रहदै आईरहनुभएको थियो ।
स्थानिय आयुक्त नियुक्त भएपछी स्काउट कार्यालय मनहरीको नीति, दुरदृष्टि र कार्यक्रमको कार्यान्वयनको लागि नब नियुक्त आयुक्तको सक्रिय भुमिका रहने पालिकाले बिश्वास गरेकोछ ।
२०८० फाल्गुन १३ गते नियुक्ती गरिएको भएता पनि पौडेललाई १८ गते अर्थात शुक्रबार नियुक्ती पत्र हस्तान्तरण गरिएको हो । पौडेललाई आयुक्तमा नियुक्ति गराईएको ब्यहोरा नेपाल प्रदेश स्काउट कार्यालय हेटौंडालाई समेत जानकारी पठाईएकोछ ।