राक्सिराङ्ग गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल बा- आमासङ्गको संवादमा सहभागी हुनुभएको हो ।
३४ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा आयोजित बा- आमासंगको अन्तर संवादमा जेष्ठ नागरिकहरुले खुलेर समस्या प्रस्तुत गरेका थिए । जेष्ठ नागरिकहरुसङ्ग पलेटी कसेरै उनिहरुको गुनासो सुनेर बस्दा सबै जेष्ठ नागरिकले पालिकाको वास्तविक अभिभावक भेटेको अनुभूति गरेका थिए ।
उनिहरुले आफुहरुले निशुल्क उपचार पाउनु पर्ने , सामाजिक सुरक्षा भत्ता लिन जादा चेक काट्दा स्थानिय सहयोगीहरुलाई ५० रुपैयाँ देखि एक सय रुपैयाँ दिनु पर्ने गुनासो समेत ब्यक्त गरेका थिए । वृद्ध भत्ता आफ्नै घर टोलमा लिने वातावरण सृजना गरिदिन समेत पालिका अध्यक्षलाई आग्रह गरेका थिए । आफ्ना पालामा खोला भरी माछा र बनभरी चरा चुरुङ्गी हुने गरेको स्मरण गर्दै कार्यक्रममा बन तथा वातावरण संरक्षण गर्न पालिकाको तर्फबाट केही गरोस भन्ने ईच्छा ब्यक्त गरेका थिए । त्यस्तै गरि एकल पुरुषलाई पनि आय आर्जनको कार्यक्रममा समाबेश गरिदिन आग्रह गरेका थिए ।
संवादको क्रममा उठेका सवालको पालिकाका प्रमुख प्रशासकीय अधिकृत देब चन्द्र गर्तौला र पालिका अध्यक्ष राजकुमार मल्लले जवाफ दिनुभएको थियो । कार्यक्रममा बन तथा वातावरण संरक्षणमा समुदाय र स्थानिय सरकार दुबै मिलि अगाडि बढे मात्र सफल हुने भन्दै अध्यक्ष मल्लले जेष्ठ नागरिकलाई बैंकमा जाँदा भत्ता रकम निकासीको लागि आवश्यक प्रक्रियाको लागि सहजकर्ताको ब्यबस्था मिलाउने र सकेसम्म टोल टोलमै भत्ता उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रम राष्ट्रिय जनवकालत मञ्च नेपाल ( नाफान) को आयोजना तथा राक्सिराङ्ग गाउँपालिकाको सहकार्यमा राक्सिराङ्ग ५ कुतसिङ, जिर्खेमा सम्पन्न भएको हो । जेष्ठ नागरिकसंग सह भोजको कार्यक्रम समेत राखिएको थियो । वडा नम्बर ५ र ८ का जेष्ठ नागरिकको उपस्थितिमा कार्यक्रम गरिएको थियो । सोही क्रममा जेष्ठ नागरिकको स्वास्थ्य चेक जाँच समेत गरिएको नाफान का कार्यक्रम संयोजक सन्तोष थापाले जानकारी दिनुभयो ।
राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्लको पमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पालिका प्रमुख प्रशासकीय अधिकृत देबचन्द्र गर्तौलाको बिशिष्ट आतिथ्यता रहेको थियो । यस्तै रेडियो राक्सिराङ्ग एफ एम का स्टेसन म्यानेजर तथा सन्चारकर्मी उमेश राई र
जन्त्र नेपालका सामाजिक परिचालक रमेश बर्तौला लगाएतकाको आतिथ्यता रहेको थियो ।