मानव अधिकार समूह मनहरी र राक्सिराङ्गको बार्षिक समीक्षा तथा नयाँ कार्ययोजना बैठक सम्पन्न

मानव अधिकार समूह मनहरी र राक्सिराङ्गको बार्षिक समीक्षा तथा नया कार्ययोजना बैठक बुधबार मनहरीमा सम्पन्न भएकोछ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र अन्तरगत मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित समुहले गत बर्षमा समुहले गरेका गतिबिधीहरुको उपलब्धीको बारेमा समीक्षा गरेको हो ।

बैठकमा मानव अधिकारसङ्ग सम्बन्धित सवालहरुको सुनुवाई तथा कार्यान्वयन भएका र कार्यान्वयन हुन नसकेका सवालहरुको बारेमा छलफल चलाईएको थियो ।साथै बैठकले सुनुवाई नभएका समस्याहरुको प्राथमिकताका आधारमा सम्बन्धित सरोकारवालाहरुलाई झकझक्याउने समेत निर्णय गरेकोछ ।

बैठकले अब सन्चालन हुने नयाँ कार्यक्रमलाई समेत अनुमोदन गरेकोछ । नयाँ कार्यक्रम अन्तर्गत ईन्सेकद्वारा मनहरीका दुई वटा माध्यामिक बिधालयहरु गठित मानव अधिकार बाल चेतना समूहलाई कोष हस्तान्तरण गर्ने निर्णय समेत पारित गरेकोछ । त्यस्तै गरि राक्सिराङ्गले पनि कोष हस्तान्तरण गर्ने निर्णय पारित गरेकोछ ।राक्सिराङ्गमा वडा नम्बर ३ को सुर्योदय मा. बि र वडा नम्बर ५ मा रहेको प्रजा जागृती मा . बि मा गठित बाल चेतना समुहलाई कोष हस्तान्तरण गर्ने निर्णय पारित गरेको हो ।

सस्थाले मनहरी ७ स्थित श्री राष्ट्रिय रोटरी माध्यामिक बिधालय र मनहरी ४ स्थित श्री पशुपतिनाथ माध्यामिक बिधालयमा बाल चेतना समूह गठन गरि बालबालिकालाई मानव अधिकार सम्बन्धी सचेतना , अतिरिक्त क्रियाकलाप , चेतनामूलक गतिबिधिमा समाबेस गरि कार्यक्रम सन्चालन गर्दै आईरहेकोछ ।

बैठक मानव अधिकार समूह मनहरीको अध्यक्ष बिमला गोपाली तथा राक्सिराङ्गका अध्यक्ष चन्द्र मान प्रजाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
1

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.