कवि यश लामाको कबिता संग्रह “बहिष्कृत आवाज ” हेटौंडामा बिमोचन

कवि यश लामाको कबिता संग्रह “बहिस्कृत आवाज” हेटौंडामा बिमोचन भएकोछ । शनिबार एक कार्यक्रमका बिच रोयल पार्टी प्यालेसमा कबिता संग्रहको बिमोचन गरिएको हो ।

मकवानपुरे साहित्यमा छुट्टै पहिचान बनाउन सफल कवि लामाले मकवानपुरलाई आफ्नो कर्मथलोको रुपमा जीवन समर्पित गर्दै आईरहनुभएकोछ । उच्च माध्यामिक शिक्षाको अध्ययन देखि उच्च शिक्षा हुँदै शैक्षिक क्षेत्रमा योगदान पुर्याउदै आईरहनु भएको कवि लामाले मकवानपुरे भुमिमा साहित्यको क्षेत्रमा आफ्नो जबर्जस्त उपस्थिती जनाउदै आईरहनुभएकोछ ।

कवि लामाको कबिता संग्रह बिमोचन हुने खबर प्राप्त गरेकाहरुले हल खचाखच भरिएका थिए । पुर्ब बागमती प्रदेश सभा सदस्य तथा कवि प्रदीप वालाचन देखि मकवानपुरका निर्बाचित जनप्रतिनिधि , मकवानपुरे साहित्य सर्जक तथा नब सर्जकको बाक्लो उपस्थितिमा “बहिष्कृत आवाज” बिमोचन गरिएको हो ।

कबिता संग्रह ” बहिस्कृत आवाज” को बिमोचन संगसङ्गै डाक्टर रामजी राम र मकवानपुर गढी गाउँपालिकाका उपाध्यक्ष मान कुमारी नेपालीले कबिता संग्रह माथी प्रकाश पार्नुभएको थियो । बक्ताहरुले कविले शुन्दर ढङ्गले रचनाहरु प्रस्तुत गरेको भन्दै प्रसंशा समेत गर्नुभएको थियो । कार्यक्रममा मकवानपुरे सर्जक निमेष निखिल, शान्ती प्रिय बन्दना कवि शुक्र अतीत आदि लगाएतले कबिता संग्रहमा समाबेस कबिताहरु वाचन गर्नुभएको थियो ।

कवि लामाले आफू मकवानपुरमा रहेर कबिता लेख्दै गर्दा आफ्ना आमा बुवा पनि गाउँमा कबिता लेख्दैमा ब्यस्त हुनुहुन्छ भन्दा हलले सम्मान स्वरुप ताली बजाएका थिए । कवि लामाले संग्रहमा भएका सबै श्रोतको जिम्मा आफुले लिने समेत स्पष्ट पार्नुभयो ।

कबिता संग्रहको बिमोचन सङ्गै पाठकहरुले ३ सय पचास रुपैयाँमा किनेर पढ्न सक्नेछ । कवि लामाले कार्यक्रम सफल पार्न उपस्थित भएकाहरुलाई धन्यबाद समेत ब्यक्त गर्नुभएको थियो ।  कबिता संग्रह ” बहिष्कृत आवाज ” भित्र ४५  वटा कबिता समेटिएकाछन् भने संग्रह छ वटा खण्डमा बिभाजित गरिएकोछ ।  कवि लामाको यो  पहिलो कबिता संग्रह हो ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
1

+1
0

+1
0

+1
1

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.