छोनाम न्वागी मनाउन चेपाङ्ग गाउँ डलडाँडामा पालिका अध्यक्ष मल्ल

चेपाङ समुदायको महत्वपूर्ण पर्व छोनाम (न्वागी) मनाउन राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राक्सिराङ्ग गाउँपालिकाको वडा नम्बर ९ खैराङ्ग स्थित डलडाँडा पुग्नुभएको हो ।

चेपाङ समुदाय सिमान्तकृत समुदाय अन्तर्गत पर्ने भएता पनि राक्सिराङ्ग गाउँपालिकामा भने बाक्लो बसोबास रहेकोछ । पछिल्लो जनगणना २०७८ अनुसार ४२ प्रतिशत चेपाङ समुदायको बसोबास रहेको छ ।अघिल्लो जनगणना २०६८ मा ३७ प्रतिशत रहेकोमा पछिल्लो जनगणनामा ५ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

गाउँपालिकाले चेपाङ समुदायको बाक्लो उपस्थिती रहेकै कारण पर्वको अवसरमा भाद्र २१ र २२ लाई सार्बजनिक रुपमै बिदा दिईएकोछ । आर्थिक रुपमा अझै पनि सबल हुन नसकेका यी समुदाय अझै पनि आफ्ना थाकथलो भने संरक्षण गर्दै पुर्ख्यौली ठाउँमा बस्दै आईरहेकोछ । सिमान्तकृत समुदायको रुपमा रहेको चेपाङ समुदायका अगुवाहरु जनप्रतिनिधिको रुपमा वडा अध्यक्ष , प्रदेश संसद तथा मन्त्री र संविधान सभा सदस्य जस्तो उच्च ओहोदामा समेत पुगिसकेकाछन् ।

चेपाङ समुदायको महत्वपूर्ण पर्व न्वागी घरमा नयाँ अन्न भित्रिएको खुशियालीमा मनाउने गरिन्छ। घरमा उत्पादन भएका अन्नको पूजा गरेपछि मात्रै खान मिल्ने परम्परा रहेको छ। त्यसो त चेपाङ समुदायलाई प्रकृति पुजक समेत भन्ने गरिन्छ ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
2

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.