मनहरी ६ सुनाचुरीमा सयपत्री युवा क्लबले आयोजना गरेको प्रथम जोन स्मृति फुटबल प्रतियोगिताको उपाधी एफसी मेन्था राक्सिराङ्गले जितेकोछ ।
आज भएको फाईनल खेलमा रमनटार युवा क्लब मनहरी ७ लाई टाइब्रेकरमा ४-३ गोल अन्तरले हराउदै उपाधी जितेको हो ।
निर्धारित समयमा दुबै टिमको तर्फबाट एक/एक गोल गरि बराबरिको खेल खेलेको फाईनलमा उपाधीको टुङ्गो भने टाइब्रेकरबाट लगाउन परेको थियो ।
जित सङ्गै मेन्थाले नगद तीस हजार रुपैयाँ सहित शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गरे । खेल अबधी भरिकै सर्बोत्कृष्ट खेलाडी मेन्थाकै अमित चौधरी घोषणा भए । त्यस्तै उपाधिको दाबेदार मानिएको रमनटार युवा क्लब टाइब्रेकरमा चुक्दै उपबिजेतामा सिमित हुन पुग्यो ।
भाद्र ५ गते देखि १७ भाद्र सम्म सन्चालित प्रतियोगितामा २१ वटा फुटबल टिमको सहभागिता रहेको थियो ।