राक्सिराङ्ग गाउँपालिकामा राष्ट्रिय परिचयपत्र बनाउनको लागि वडा स्तरमै पुगेर सेवा प्रदान गर्ने कार्य प्रारम्भ भएकोछ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट खटिआएका टोलिले राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ३ बाट परिचयपत्रको लागि आवश्यक कागजात सन्कलन तथा फोटो खिचाउने कार्यको थालनी गरेको हो ।
पालिकामा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीहरुको लागि गत जेष्ठ महिनामा पालिकाको केन्द्र चैनपुरबाट परिचय पत्रको लागि सेवा प्रदान गरिएता पनि पालिका भित्रका सबै सेवाग्राहीलाई छोटो समयमा सेवा प्रदान गर्न कठिनाई परेको थियो । पालिका तथा वडाका जनप्रतिनिधिले चिठी मार्फत जिल्ला प्रशासन कार्यालयलाई थप समयको माग सहित अनुरोध गरिएको थियो ।
राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ३ को कार्यालय पलासेमा भाद्र १४ गते देखि १८ गते सम्म सन्चालन हुनेछ । यस पटक राष्ट्रिय परिचयपत्र नभएकाहरु सबैलाई वडामै परिचयपत्रको लागी आवश्यक कामको ब्यबस्था मिलाईएको वडा अध्यक्ष उत्तम वाईबा जानकारी दिनुभयो । आफ्नै गाउँ टोलमा महत्वपुर्ण काम सम्पन्नताको लागि जिल्ला प्रशासन कार्यालय र पालिकाले सहजिकरण गर्दिएकोमा आभार व्यक्त गर्दै अध्यक्ष वाईबाले पालिकाकै सबै भन्दा बढी जनसंख्या भएको वडामा याहाका जनता कोहि पनि नछुटोस र पछि दु: ख नपाउन भनेर आफू लगाएत वडाका सम्पुर्ण जनप्रतिनिधि लागि परेको बताउनुभयो । यसै टोलिबाट वडा अध्यक्ष वाईबाले समेत परिचयपत्रको लागि फोटो खिचाउनु भएकोछ ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीको लागि मात्रै गाउँ छिरेको जिप्रका यस पटक भने परिचयपत्र नभएकाहरुको सबैलाई सेवा दिनको लागि आएकाछन्।
जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट ४ जना जनशक्ति सहित गाउँपालिकाबाट ४ जना र वडाको सम्पुर्ण टिम राष्ट्रिय परिचयपत्र बनाईदिने कार्यमा खटिएकोछ । वडा नम्बर ३ सकिए पस्चात अन्य वडामा खटिने पालिकाका स्थानिय पञ्जिकाधिकारी दिल बहादुर रुम्बाले जानकारी दिनुभयो ।