ईनडिपेन्डेन्ट डे फुटबल प्रतियोगिताको उपाधी हेटौंडा फुटबल एकेडेमीलाई

छिमेकी राष्ट्र भारतमा सम्पन्न ७८ औं ईनडिपेन्डेन्ट डे फुटबल प्रतियोगिताको उपाधी मकवानपुरे फुटबल क्लब हेटौंडा फुटबल एकेडेमीले जितेकोछ । प्रतियोगिता २०२४ अगस्ट १ देखि १५ अगस्ट सम्म संचालन भएको थियो ।

एकेडेमीले भारतको सिक्किम स्थित मुनसुङ खेल मैदानमा भारतिय फुटबल टिम बर्मिङ युनाईटेड सिक्किम ( वेस्ट बङ्गाल ) लाई २- १ को गोल अन्तरले हराउदै उपाधी उचालेको हो । एकेडेमीको तर्फबाट छिरिङ तामाङले खेलको २० औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै गरि दोश्रो हाल्फको १० औं मिनेटमा रितिक श्रेष्ठले गोल गर्दै टिमलाई जित दिलाउन सफल भएको थियो ।

उपबिजेतामै सिमित भएको बर्मिन युनाईटेडले १ गोल मात्र गर्न सफल भएको थियो ।

एकेडेमीले ७८ औं सस्करको बिजेता बन्दै एक लाख रुपैयाँ सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेकोछ । त्यस्तै उपबिजेता बर्मिन युनाईटेडले नगद ६० हजार रुपैयाँ सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको हो ।

प्रतियोगिताको म्यान अफ द सिरिज छिरिङ तामाङ घोषित भए ।

अघिल्लो सस्करणमा उपबिजेता हुँदै दोश्रो भएको एकेडिमीले यस सस्करणमा भने उपाधी उचाल्न सफल भएको छ ।

एकेडेमीमा अधिकांश मनहरीका खेलाडीहरुले अवसर प्राप्त गरेको छ । सेभेन ए साईड फुटबल प्रतियोगितामा गोल किपर आशिष मुक्तान , मनिष पौडेल , कुमार ब्लोन र मिलन स्याङ्तानले एकेडेमीको तर्फबाट खेलेका थिए ।

निक्कै मेहेनतका साथ यस पटकको सस्करणमा सहभागिता जनाएको एकेडेमीले उपाधी जित्ने उद्देश्यका साथ सिक्किम आएका थियौ र टिम सफल भएको भन्दै मुख्य प्रशिक्षक भिम लामाले खेलाडी र सम्पुर्ण टिमको मेहेनत आज जितमा परिणत भएकोछ भन्नुभयो ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
2

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.