माओबादी केन्द्र सम्बद्घ कैलाश – काठमाण्डौ सम्पर्क समन्वय समितिको अध्यक्षमा राजकुमार ब्लोन

शनिबार काठमाण्डौ थानकोट त्रिभुवन पार्कमा आयोजित कार्यक्रमबाट राजकुमार ब्लोनको अध्यक्षतामा २५ सदस्यीय कैलाश काठमाण्डौ सम्पर्क समन्वय समिति गठन भएको हो ।

भेलाले ब्लोनलाई अध्यक्ष त्यस्तै उपाध्यक्षमा मिनराज रसाईली,मान सिंह ब्लोन र राजेन्द्र मोक्तान चयन भएकाछन् । समितिको सचिबमा पासाङ तितुङ्ग, सह सचिबमा वीर बहादुर गोले , कोषाध्यक्ष अनु खत्री सर्ब सम्मत चयन गरिएको हो ।

कैलाश घर भएर काठमाण्डौमा काम , अध्ययन तथा ब्यबसायको शिलसिलामा उपत्यका भित्र छरिएर रहेका माओबादी केन्द्र समर्थकहरुलाई कार्यक्रमले गोलबद्ध गराएको छ । झन्डै एक सय भन्दा बढीको उपस्थिती रहेको कार्यक्रमका प्रमुख अतिथी पार्टिका केन्द्रिय सदस्य तथा निबर्तमान बागमती प्रदेश सामाजिक बिकास मन्त्री माननीय कुमारी मुक्तानले समितिको औचित्यको बारेमा प्रष्ट पार्नुभएको थियो ।

संघीयता आएपछी बजेट तल्लो तहमा पुगेपछी अहिलेका नब सामन्तिहरुलाई पिर पर्न थालेकोछ भन्दै मुक्तानले ठगेर खाने नेतृत्वलाई जनताले चिन्न जरुरी रहेको बताउनुभयो ।

प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार ,अनियमितता, दलाल र तस्करहरुलाई कानुनको कठघरामा ल्याउदै गर्दा सरकार ढलेको बताउनुभयो ।

त्यस्तै पार्टीका केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला ईन्चार्ज कार्यक्रमका बिशेष अतिथी बिजय गौतमले नया बनेको कमिटीले भ्याली भित्र मकवानपुरको उपस्थिति बलियो उपस्थिती हुनेमा बिश्वस्त रहेको बताउनुभयो ।

पार्टी केन्द्रिय सदस्य गौतमले कसैले चाहादैमा पार्टी नसकिने भन्दै पार्टी पुनर्गठित र परिमार्जन हुँदै अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा मन्तव्य राख्दै जिल्ला समन्वय समिती सम्योजक भिम पाख्रीनले हामी माओबादी सबै एक चोटि एक ढिक्का हुनु आवश्यक रहेको बताउनुभयो ।

जिल्ला सचिब वीर बहादुर घलान ( ज्वाला)ले जनताको अवस्था बदल्न अझै लडाई जारी रहेको र जनताको वास्तविक मुद्दा सङ्ग माओबादी नजिक रहेर हिड्ने एक मात्र पार्टी भएको बताउनुभयो ।

कैलाश गाउँपालिका उपाध्यक्ष एबम कैलाश गाउँ कमिटी पार्टी अध्यक्ष बाल कुमार मल्लको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टिका प्रदेश तथा जिल्ला तहका नेतृत्वले मन्तब्य राखेका थिए ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
1

+1
2

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.