गाउँपालिकाले बिद्यार्थीको भबिष्य उज्वल बनाउन शिक्षामा लगानी गर्छ : अध्यक्ष कालाखेती

मनहरी गाउँपालिकाले बिद्यार्थीको भबिष्य उज्वल बनाउन शिक्षामा लगानी गर्ने पालिका अध्यक्ष रन्जन कालाखेतीले बताउनुभएकोछ । मनहरी बहुमुखी क्याम्पसद्वारा आयोजित १० दिने एकाउन्टिङ ट्रेनिङको समापनमा बोल्नुहुदै कार्यक्रमका प्रमुख अतिथी तथा पालिका अध्यक्ष कालाखेतीले यस्तो बताउनुभएको हो ।

क्याम्पसहरु पालिकाको कार्यक्षेत्र नभए पनि शिक्षा क्षेत्रमा पालिकाले योगदान गर्छ भन्नुहुदै प्रत्येक महिनाको खर्च ल्याउनुहोस् पालिकाले ब्यहोर्ने समेत बताउनुभयो ।

अध्यक्ष कालाखेतिले थप्दै भन्नुभयो हामी रहे पनि नरहे पनि यस क्याम्पसलाई जोगाउन हामी सबैको दायित्व रहेकोले क्याम्पस भोलिको दिनमा आफ्नै खुट्टामा उभिन सकोस् भन्दै शुभकामना दिनुभयो । पालिकाले बिधार्थी र क्याम्पसको हितको लागि आवश्यक कार्यक्रमको सहयोगको लागि सदैब तत्पर रहेको समेत बताउनुभयो ।

कार्यक्रमको बिशिष्ट अतिथी तथा मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर ( रेखा)ले पालिकालाई अझ मजबुद बनाउन यस्तो खालको तालिमले सहयोग मिलेको बताउनुभयो । एकाउन्टिङ क्षेत्रमा तालिमबाट उत्पादन गर्दैगर्दा हाम्रै स्थानको जनशक्तिमा दक्षता हासिल हुने भन्दै तालिम उपलब्धी मुलक भएको बिश्वास ब्यक्त गर्नुभयो । उपाध्यक्ष पुलामी मगर ( रेखा)ले मनहरी बहुमुखी क्याम्पस मनहरी लगाएत पश्चिम मकवानपुरकै सान हो भन्दै यो क्याम्पसको समग्र बिकासमा सबै मिल्नुको बिकल्प नरहेको बताउनुभयो ।

क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुलाई नियमित रुपमा उपस्थित भएर अध्ययन गरिदिन आग्रह समेत गर्नुभयो । उपाध्यक्ष पुलामी मगर (रेखा)ले बिगदका क्याम्पसका बिधार्थीहरुको गतिबिधीहरु सम्झदै मनहरी महोत्सबको मट्का चिया सम्झनु भयो । जस्ले महोत्सबमा थप रौनकता प्रदान गरेको थियो ।आगामी दिनमा यस्ता खालको तालिम क्याम्पससङ्ग मिलेर संचालन गर्ने वचन प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

साथै क्याम्पसलाई जिबित राख्न गाउँपालिका सदैब प्रयत्नरत रहने बराउनुभयो ।

मन्तब्य राख्ने क्रमम महेन्द्र किरण मा बि का सहायक प्रधानाध्यापक नरहरी कार्कीले, “बुझ्नु मात्रै ज्ञान होईन ब्यबहारमा ल्याउनु ज्ञान हो ।” भन्दै क्याम्पसको यो प्रयास निक्कै प्रसंशा गर्न लायक रहेको बताउनुभयो ।

दश दिन सम्म चलेको तालिममा क्याम्पसले मनहरीका ४५ जना युवा/ युवतीको सहभागिता रहेको थियो । दुई दशक भन्दा लामो समय देखि एकाउन्टिङ क्षेत्रमा काम गर्दै आईरहेका अनुभवी प्रशिक्षक किशोर अर्यालले प्रशिक्षण दिएको थियो ।

क्याम्पस प्रमुख गोबिन्द बर्तौलाले स्वागत मन्तब्य राख्दै बजारमा बिक्न सक्ने जनशक्ति उत्पादन गर्न चाहेको बताउनुभयो । क्याम्पस समिती अध्यक्ष तथा कार्यक्रमको सभाध्यक्ष ओम बहादुर ग्लानले सिकाई सानो ठूलो भन्ने नहुने भन्दै ज्ञान भनेको त्यस्तो चिज हो जस्को सिमा नहुने बताउनुभयो । जिवनमा पढ्ने चाहनाले शैक्षिक सस्था धाउने क्रममा धेरै दु:ख पाएको बिगदलाई कोट्याउदै अध्यक्ष ग्लानले सिकाईलाई पुनर्जीवन बनाउने कोशिसमा क्याम्पस लागि परेको बताउनुभयो । ग्लानले आफ्नै आगनको क्याम्पसको लागि केही गरौं भन्ने हुटहुटी रहेको बताउनुभयो ।तीन वटै गाउँपालिकाको सहयोग मिल्ने हो भने क्याम्पस चल्छ भन्दै मनहरी गाउँपालिकाले जस्तै राक्सिराङ्ग र कैलाश गाउँपालिकाले सहयोगको हात मिल्ने हो भने हाम्रा बाल बच्चाले उच्च शिक्षा हाम्रै आगनमा प्राप्त गर्ने भन्दै सुनौलो अवसर मिल्ने भएकोले सरोकारवालाहरुको ध्यानाकर्षण गराउनु भएको थियो ।

समापन कार्यक्रममा तालिमका सहभागीहरुलाई प्रमाणपत्र समेत प्रदान गरेको थियो ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
1

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.