मनहरीमा फेरि कुकुर आतंक बिरामीलाई हेटौंडा रिफर गरियो

केही समय देखि मनहरीमा जारी कुकुर आतंकले हद पार गरेकोछ ।

गत असार महिनाको २७,२८ र २९ गते मात्रै २२ जनालाई कुकुरले टोकि घाईते बनाएको थियो । केही दिन यता शान्त रहेको मनहरीमा साउन २२ गते मङ्गलबारका दिन बिहान ८-९ बजेको समयमा फेरि कुकुरले टोकि दुई जनालाई घाईटे मात्र होईन रिफर गराउने सम्म बनाईदिएकोछ ।

घाईटे हुनेहरुमा मनहरी गाउँपालिका वडा नम्बर ७ रमौली घर भएका बर्ष ५० का तेज कुमार अर्याल र सोही स्थान बस्ने बर्ष १७ कि सुमिना रुम्बा रहेको मनहरी अस्पतालले जानकारी दिएकोछ । कुकुरको टोकाईबाट घाईते दुबैजनाको सामान्य उपचार तथा एन्टि रेबिज भ्याक्सिन लगाई थप उपचारको लागि हेटौंडा अस्पताल रिफर गरिएको अस्पताल श्रोतले जानकारी दिएकोछ ।

प्रत्येक्षदर्शी तथा पिडितहरुको भनाई अनुसार टोक्ने कुकुर सानो- सानो खालको र सेतो रङ्गको रहेकोछ ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.