मनहरी बजारमा कुकुर आतंक एकै दिन ७ जनालाई टोक्यो

मनहरी बजारमा एकैदिन ७ जनालाई कुकुरले तोकेकोछ । बिहिबार मनहरी बजारमा कुकुर आतंकले सिमा नाघेको हो ।

बाटोमा बाईक लिएर हिडेका ६ जनालाई कुकुरले आक्रमण गरेका थिए भने एक जना बाटोमा हिड्ने बटुवालाई आक्रमण गरि घाईते बनाएको पिडितारुको भनाई रहेकोछ ।

कुकुरले टोकेर मनहरी अस्पतालमा पुगेका ७ जना बिरामिलाई रेबिजको सुई लगाईएको र दुई जनालाई घाउको गहिराई धेरैनै भएकोले हेटौंडा रिफर गरिएको मनहरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी शुष्मा श्रेष्ठले जानकारी दिनुभयो । अस्पतालमा आईपुगेकहरुको भनाई अनुसार कुकुर सेतो र सानो खालको भएको र तोक्ने कुकुर एउटै प्रकृतिको भएको पनि बताईएकोछ ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
1

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.