बागमती प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा मनहरीमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

बागमती प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयले मनहरीमा स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेकोछ ।

मनहरी गाउँपालिका वडा नम्बर ६ वडा कार्यालय भवनमा नसर्ने रोग ,मानसिक स्वास्थ्य,सरुवा रोग नियन्त्रण तथा जुनोटिक रोग रोकथाम सम्बन्धी सचेतना कार्यक्रम असार २५ गते मङ्गलबार सम्पन्न गरेको हो ।

निर्देशनालयले समुदाय स्तरमै सचेतनामुलक कार्यक्रम गरेको हो । स्वास्थ्यकर्मी , महिला स्वयमसेवि , बिधार्थी, आमा समूह ,क्लब, सामाजसेवी गरि ६० जनाको सहभागिता रहेको सचेतनामुलक कार्यक्रममा स्वास्थ्य शिक्षा तथा संचार शाखाका प्रमुख तथा स्वास्थ्य शिक्षा प्रशासक अर्जुन पौडेल, स्वास्थ्य निर्देशनालयको तथ्यांक अधिकृत राजन चालिसे र हेटौंडा अस्पतालका डा. सागर श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो ।

मनहरी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष युवराज थपलियाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।निर्देशनालयले मकवानपुर जिल्लाको मनहरी सहित बागमती गाउँपालिकामा पनि स्वास्थ्य सचेतना सम्बन्धी कार्यक्रम सन्चालन गरेको हो ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.