सेमिफाईनल प्रबेशको लागि बुधबार कैलाश गाउँपालिकाको बिरुद्ध बागमती प्रहरी भिड्ने

मनहरीमा जारी प्रथम मिलन धर्मराज स्मृति खुल्ला नक आउट फुटबल प्रतियोगिताको सेमिफाईनलको स्थान सुरक्षाको लागि कैलाश गाउँपालिका र बागमती प्रदेश प्रहरीको टोलि भिड्ने भएको हो ।

बुधबार हुने खेलले तेश्रो सेमिफाईनलिस्ट टिमको निधो गर्नेछ । कैलाश गाउँपालिकाले हेटौंडा फुटबल एकेडेमीलाई र बागमती प्रहरीले फारलाईन युथ क्लब हेटौंडालाई पराजित गर्दै सेमिफाईनलको लागि एक आपसमा भेट पक्का गरेको हो ।

दुबै टोलिले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै आईरहेकोछ । यी दुबै टिमको खेल मनहरी ८ सिम्पानीको बेलुवा खेल मैदानमा दिउँसो ३:०० बजे हुनेछ ।

प्रथम मिलन धर्मराज स्मृती खुल्ला नक आउट फुटबल प्रतियोगीताको अन्य सेमिफाईनलिस्ट टिमहरुमा एफ सि ईन्टरनेट हेटौंडा र आयोजक टिम सिम्पानी युथ क्लब रहेकाछन् । एफ सि ईन्टरनेटले भोर्लाघारीलाई पराजित गरि समूह ” बि” बाट पहिलो सेमिफाईनलिस्ट टिम बनेकोछ भने आयोजक सिम्पानी युथ क्लब समूह “ए ” बाट पहिलो सेमिफाईनलिस्ट बनिसकेकोछ । बुधबारको खेलबाट समूह “ए” बाट सेमिफाईनलमा प्रवेश गर्ने दुईवटै टोलिको टुङ्गो लाग्नेछ भने समूह ” बि” बाट बिहिबार हुने हासु एफ सि र ईन्द्र कमल एफ सि बिचको खेल पश्चातको चौथो टोलिको रुपमा बिजेताले सेमिफाईनलमा स्थान सुरक्षित गर्नेछ । त्यस्तै गरि समूह “बि”बाटै एफ सि ईन्टरनेटले पनि सेमिफाईनलको लागि आफ्नो स्थान सुरक्षित गरिसकेकोछ ।

प्रतियोगिताको बिजेताले नगद रु १ लाख सहित शिल्ड , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेताले नगद रु ५० हजार सहित शिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
1

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.