मनहरी गाउँ सभाको १५ औं अधिबेशनको तेश्रो बैठक सम्पन्न २०८१/०८२ को नयाँ बजेट पारित

मनहरी गाउँपालिकाले १५ औं गाउँसभाको तेश्रो बैठक सम्पन्न गरेकोछ । बिहिबार मनहरी गाउँपालिकाको लामिटार सभाहलमा भएको बैठकले विषयगत समितिहरुद्वारा प्रस्ताबित कार्यक्रमहरु पारित सहित आर्थिक बर्ष २०८१/०८२ को बजेट हलले पास गरेको हो ।

सभामा गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर ( रेखा) ले न्यायीक समितिको प्रतिबेदन,आर्थिक विधेक २०८१, बिनियोजित बिधेयक २०८१ र आर्थिक बर्ष २०८१/०८२ को बजेट स्वीकृतिको लागि सदनमा पेश गर्नुभएको थियो ।

त्यस्तै गरि संस्था दर्ता बिधेयक २०८१, आकस्मिक कोष बिधेयक २०८१, म.ले.प. प्रतिबेदन २०७९/०८० र नितिगत र प्रशासनिक निर्णय आदि सर्ब सम्मत पास गरेको थियो ।

सभामा आर्थिक बिधेयक, बजेट, बिनियोजित बिधेयकमा धारणा राख्नको लागि समय दिईएको थियो ।

गाउँपालिकाको १५ औं गाउँसभाको तेश्रो बैठक मनहरी गाउँपालिकाको अध्यक्ष रन्जन कालाखेतीको सभाध्यक्षतामा सम्पन्न भर्को थियो ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
1

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.