मनहरी ९ नम्बर वडामा अवस्थित ज्यामिरे कालिका सामुदायिक बन उपभोक्ता समूहले नयाँ नेतृत्व प्राप्त गरेकोछ । शनिबार भएको चुनावबाट साधुराम अधिकारीको सानदार कम ब्याक भएकोछ ।
अधिकारी दोश्रो कार्यकालको लागि बनको अध्यक्ष बनेकाहुन्। उनी २०७४ सालमा प्रत्यक्ष निर्बाचित जनप्रतिनिधि समेत रहेकाथिए । अधिकारीले उनका निकटतम प्रतिद्वन्द्वी नोकराज ढुङ्गानालाई १ सय २८ मतान्तरले पछि पार्दै शानदार जित हासिल गरेकाहुन । अधिकारिले ६ सय १४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी ढुङ्गानाले ४ सय ८६ मत प्राप्त गरेका थिए । त्यस्तै अध्यक्षका अर्का उमेदवार धर्म बहादुर थापा ( ईश्वर काजी ) ले ३२ मत मात्र प्राप्त गरेको थियो ।
अधिकारी लगाएत उपाध्यक्ष जयन्ती गलान, कोषाध्यक्ष श्रीजना धिताल, सचिव वीर बहादुर मुक्तान र सह- सचिव चिरन्जिवी आचार्य बिजयी भएका हुन्।त्यस्तै गरि सदस्यहरुमा अन्जु चेपाङ, शर्मिला थापा, सरु प्रजा, मैयाँ प्रजा,रिता माया स्याङ्बो, तेज बहादुर गिरि , शालिकराम कार्की , सन्तोष गिरि र प्रेम बहादुर रखाल मगर रहेकाछन् ।
नव निर्बाचित अध्यक्ष अधिकारीले चुनावमा बलिरहेको दियो चिन्ह लिएर उठेका थिए भने ढुङ्गानाले कापी कलम चिन्ह लिएर उठेका थिए । यता अध्यक्षकै अर्का प्रत्यासी उमेदवार ईश्वर थापा काजिले साईकल चिन्ह लिएर उठेका थिए ।