मनहरी ५ को निशुल्क स्वास्थ्य शिविरमा ३ सय ८३ ले सेवा लिए

मनहरी गाउँपालिकाको वडा नम्बर ५ मा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकोछ । मनहरी गाउँपालिका ५ नम्बर वडा सरकारको आयोजना तथा पुस्पान्जली हस्पिटल भरतपुर चितवनको प्राबिधिक सहयोगमा एक दिने बृहत स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

वडा कार्यालय परिषरमा भएको शिविरबाट २ सय २८ महिला सहित ३ सय ८३ जनाले उपचार सेवा लिएको थियो । शिविरमा स्त्री तथा प्रजनन सम्बन्धी रोग,पेट छाती तथा मुटु सम्बन्धी रोग प्रेसर, थाईराईड, बाल रोग , हाडजोर्नी , छालाका रोगीहरुको उपचार गरिएको थियो ।

शिविरबाट २ सय ५५ जनाले भिडियो एक्सरे सेवा,२ सय ८५ जनाको सुगर टेष्ट , ३ सय १५ जनाले निशुल्क औषधिसमेत प्राप्त गरेको थियो ।

मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर ( रेखा) को प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बोल्नुहुदै रेखाले जनताको स्वास्थ्य सेवाको अधिकारलाई बेला बेलामा हिने यस्ता प्रकारको शिविरले ठूलो राहत मिलेको बताउनुभयो । प्राबिधिक रुपमा सहयोग गर्ने अस्पताललाई र आयोजक दुबैलाई धन्यबाद दिदै जनताको स्वास्थ्यमा सदैब सचेत रहदै स्वस्थ पालिका निर्माणमा लाग्नुभएको प्रती धन्यवाद दिनुभयो ।

विशेषज्ञ डाकटरहरु राम प्रसाद सापकोटा, डा.रिकेश सापकोटा, डा.नवीन शर्माको टोलिले उपचार तथा परामर्श दिईएको थियो ।

शिविरबाट ३ जनामा डिम्बाशयमा ट्युमर पलाएको ,४ जनाको पाठेघरमा ट्युमर पलाएको र तत्काल ३ जनाको डिम्बाशयको ट्युमरको अपरेशन गर्नुपर्ने भएकोले विशेषज्ञ डाक्टरले अस्पतालसङ्ग समन्वय गर्न सुझाव दिईएको वडा अध्यक्ष दिपेन्द्र अधिकारिले जानकारी दिनुभयो ।

एक दिने बृहत स्वास्थ्य शिविरमा पालिका उपाध्यक्षको अलावा पालिकाको प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी , मनहरी गाउँपालिका २ नम्बर वडाका अध्यक्ष राजकुमार पाख्रिन, पुस्पान्जली अस्पताल भरतपुरका विशेषज्ञ डा. राम प्रसाद सापकोटा, मनहरी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राम चन्द्र दाहाल ( आरसी) लगाएत अन्यको आतिथ्यता रहेको थियो । कार्यक्रमको सभाध्यक्षता मनहरी गाउँपालिका ५ नम्बर वडा अध्यक्ष दिपेन्द्र अधिकारिले गर्नुभएको थियो । वडाले सन्चालन गरेको बृहत निशुल्क स्वास्थ्य शिविरमा आएर स्वास्थ्य सेवा लिईदिनुभएको प्रती खुशी ब्यक्त गर्नुहुदै आम समुदायलाई धन्यबाद समेत दिनुभएको थियो ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.