रुदानेको २५ औं स्मृति दिवसको अवसरमा मनहरीमा बृक्षारोपण

शालिन र स्वच्छ छवि भएका मकवानपुरे राज नेता रुपचन्द्र बिष्टको २५ औं स्मृति दिवसको अवसरमा मनहरीमा बृक्षरोपण कार्यक्रम सम्पन्न भएकोछ ।

निष्पक्ष सक्रियताको अभ्यासको नारालाई स्थापित गर्ने मकवानपुरे सफल राजनितीज्ञ एबम प्रकृति प्रेमी ब्यक्तित्वका धनी उनलाई रुदाने उपनामले चिनिने गरिन्छ ।

पन्चायत बिरुद्धको आन्दोलनमा होमिएका रुदानेका एक्लो रुप्चन हुलका हुल भन्ने कथन अझै राजनिती क्षेत्रमा प्रयोग हुने कथन हो । २०५६ सालमा उनको देहावसान पस्चात उनका अनुयायीहरुले उनको सम्झना स्वरुप रुपचन्द्र बिष्ट स्मारक समिती नै गठन गरि अगाडि बढिएको अवस्था छ ।

थाहा दर्शनका प्रबर्तक ,दार्शनिक तथा जनमुखी सहकर्मी बिष्टको सम्झना स्वरुप मनहरी ८ सिम्पानी स्थित आमा घरमा थाहा पुस्तकालय समेत स्थापना गरिएकोछ ।

बृक्षारोपण कार्यक्रममा रुपचन्द्र बिष्ट स्मारक समितीका अध्यक्ष एबम सम्बिधान सभा सदस्य माननीय रामनारायण बिडारीको प्रमुख आतिथ्यता रहेको थियो । बिडारीले ढुपीको बिरुवा सारेर कार्यक्रमको बिधिवत रुपमा उद्घाटन गर्नुभएको थियो । रुपचन्द्र बिष्ट मकवानपुरको राजनितिमा मात्रै नभएर देशकै लागि एक मार्गदर्शन रहेको प्रमुख अतिथिले बताउनुभयो । मनहरीमा आएर उहाँको स्मृती मनाउदै गर्दा मकवानपुर जिल्लामा छरिएर रहेका रुदानेका सहयात्रीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

मनहरी गाउँपालिका अध्यक्ष एबम बिशिष्ट अतिथी रन्जन कालाखेतीले मकवानपुरे राज नेता र दुरदर्शी ब्यक्तित्वको सम्झनामा मनहरीमा बृक्षरोपण गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताउनुभयो ।

मनहरी गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रमका बिशेष अतिथी सीता पुलामी मगर (रेखा)ले रुदानेको बिचार जिवनी आजको बालबालिका तथा महिला सम्पुर्ण जगतले थाहा पाउनु पर्ने बताउनुभयो । उनका जीवन उपयोगी दर्शनको बारेमा सबैलाई थाहा दिन आवश्यक रहेको भन्दै त्यस तर्फ लाग्न समितिलाई आग्रह गर्नुभयो ।

राप्ती डिभिजन बन कार्यालय मनहरीका प्रमुख लोक राज नेपालले खाली रहेको स्थानमा बोट बिरुवा लगाउनु राम्रो हुने र कोहि कसैको सम्झनामा बिरुवा रोप्नु बाताबरणलाई स्वच्छ राख्न गरिने प्रयास निक्कै राम्रो भएको बताउनुभयो । त्यसो त सबैको मन मनमा बस्न सफल ब्यक्तित्व रुदानेको स्मृतिमा जुन कार्य भईरहेकोछ त्यो अत्यन्तै राम्रो भएको भन्दै आयोजकलाई धन्यबाद दिनुभयो । आफुहरु सानो छदा रुदानेको बारेमा सुनेको कुरालाई स्मरण गर्नुहुन्दै उनले बिचारको प्रतिपादन मात्रै नगरी बाताबरण प्रेमी बोटबिरुवा लगाउनुपर्छ भन्ने एउटा अभियानता समेत रहेको बताउनुभयो ।

सिम्पानी देउकोट सामुदायिक बन उपभोक्ता समुहको परिषरमा रुदानेको स्मृतिमा बोटबिरुवा रोपि आमा घरमा औपचारिक कार्यक्रम भएको थियो । कार्यक्रममा रुदानेको सहयात्री एबम मनहरी गाउँपालिका निबर्तमान अध्यक्ष एकराज उप्रेतीले स्वागत मन्तब्य राख्नुभएको थियो । त्यस्तै कार्यक्रममा रुदानेसङ्ग नजिकबाट बुझेका अर्का सहयात्री सामाजिक ब्यक्तित्व बलराम बल , अरुण राज सुमार्गी, आमा घरका संरक्षक बिजय राज सिग्देल लगाएत अन्य ब्यक्तित्वहरुले रुदानेको बारेमा चर्चा गर्नुभएको थियो । विभिन्न संघ सस्था , राजनैतिक दलका प्रतिनिधि कार्यक्रमको सभाध्यक्ष समितीका सचिव तथा रुदानेको सहयात्री सामाजिक ब्यक्तित्व रामहरी सुबेदीले गर्नुभएको थियो । रुदानेको २५ औं स्मृती दिवस कार्यक्रमको सहजिकरण ज्योती सुबेदीले गर्नुभएको थियो।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.