मनहरी गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम ल्याएको छ । असार ५ गते मङ्गलबारका दिन आगामी आर्थिक बर्ष २०८१/०८२ मा सन्चालन हुने कार्यक्रमको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो ।
गाउँपालिकाको लामिटार सभाहलमा सम्पन्न कार्यक्रमले केही नयाँ पन दिन खोजिएको छ । मनहरी गाउँपालिका समृद्धिको लागि पर्यटन एक प्रमुख आधार हुने भन्दै समग्र पर्यटनको बिकासको लागि समिती गठन गरि अगाडि बढ्ने नीति तथा कार्यक्रममा समाबेस गरिएको छ । त्यस्तै गरि कर्मचारी तथा जनप्रतिनिधिको दुर्घटना बिमा,स्थानिय मिडिया प्रबर्द्धन , मापदण्ड बिपरितका प्लास्टिकका झोलाको प्रयोगमा पुर्णतया निषेध गर्ने, सामुदायिक बन समुहबाट मनहरी ९ ज्यामिरेमा स्थापना गरिएको काष्ठ उद्योग सन्चालन गर्ने , योग शिबिर सन्चालन गर्ने भएकोछ ।
गाउँपालिकाबाट पहेलो कार्ड प्राप्त गर्ने अपाङ्ग्ता भएका ब्यक्तिलाई पालोकाको आन्तरिक श्रोतबाट दिईदै आएको भत्तालाई निरन्तरता दिईने भएकोछ । मनहरी अस्पतालमा अन्तरङ्ग सेवा बिस्तार, नमुना युवा संसद अभ्यास कार्यक्रम सन्चालन, सामुदायिक सिकाई केन्द्रलाई थप प्रभावकारी बनाउने, एक वडा एक उत्पादन कार्यक्रमको शुरुवात गर्ने, आगामी आर्थिक बर्ष २०८१/०८२ भित्र पालिकाको डिजिटल प्रोफाईल निर्माण गरिसक्ने लगाएतका अन्य नीति तथा कार्यक्रममा समाबेस गरेकोछ ।
गाउँपालिकाको पन्ध्रौं गाउँ सभामा पालिकाको नीति तथा कार्यक्रम पालिका अध्यक्ष रन्जन कालाखेतिले प्रस्तुत गर्नुभएको थियो । पालिकाको आर्थिक ऎन पालिका उपाध्यक्ष सीता पुलामी मागर (रेखा) ले प्रस्तुत गर्नुभएको थियो । पालिकाले नयाँ बजेट भने असार १० गते ल्याउदै छ ।