चट्याङ लागेर राक्सिराङ्ग २ थुम्कीका वीर बहादुर प्रजाको मृत्यु

राक्सिराङ्ग गाउँपालिका वडा नम्बर २ थुम्कीमा चट्याङ लागेर एक जनाको मृत्यु भएकोछ । बर्ष ४५ का वीर बहादुर प्रजाको घरमा सुतिरहेको ठाउँमै चट्याङ लागेर मृत्यु भएको हो ।

सोमबार बिहान ४:२० बजेको समयमा दुई छोराको बिचमा सुतेका प्रजालाई चट्याङ लागेको थियो । दुई छोराको बिचमा सुतेका उनका दुई छोराहरुलाई भने केही भएकोछैन । मृतक प्रजाको पोष्टमाटमको लागि हेटौंडा हस्पिटल लगिएता पनि मुसलमान समुदायको पर्व बक्र ईद (उल – अजहा) को अवसरमा नेपाल सरकारले दिएको सार्बजनिक बिदा परेको कारण भोलि मात्र पोष्टमाटम हुने वडा अध्यक्ष बुद्ध राम मुक्तानले जानकारी दिनुभयो ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.