खोलाको भेललाई छिचोल्दै राक्सिराङ्गका पशु प्राबिधिक खोप लिएर पुगे किसानको घर गाउँमा

राक्सिराङ्ग गाउँपालिकाले पि.पि.आर. र लम्की स्किन रोग बिरुद्धको खोप अभियान सम्पन्न गरेकोछ ।

पालिकाले पशु सेवा कार्यालय हेटौंडा मकवानपुरबाट प्राप्त बाख्राहरुमा लाग्ने पि.पि.आर. तथा गाई गोरुमा लाग्ने लम्की स्किन रोग बिरुद्धको खोप वडा नम्बर २,३,५ र ७ मा सन्चालन गरिएको थियो ।

पशु सेवा कार्यालयबाट प्राप्त ३ हजार डोज पि.पि.आर. र लम्की स्किन रोगका २ हजार डोज खोपहरु मध्ये १ हजार ९ सय पचपन्न डोज लम्की स्किन रोग विरुद्धको खोप लगाईएको र ३ हजार पि.पि.आर. डोज खोप मध्ये २ हजार ९ सय पचहत्तर डोज खोप लगाईएको अभियानमा खटिएका पशु प्राबिधिक कमल नगरकोटिले जानकारी दिनुभयो । एक हप्ता सम्म चलेको खोप अभियान यहि जेष्ठ २४ गते देखि शुरु भई जेष्ठ ३१ गते सम्पन्न भएको थियो ।

नगरकोटीका अनुसार पालिकाले पि.पि.आर. र लम्की स्किन विरुद्धको खोप दोश्रो चरणमा बढी जोखिम भएकोले त्यसबाट जोगिन र छिमेकी स्थानिय तहका सिमावर्ती वडाहरुबाट रोगका संक्रमण हुनबाट जोगिन अपनाइएको सतर्कता रहेको बताउनुभयो ।

खोप लगाउन हिडेका प्राबिधिकहरु लोथर खोलामा आएको भेल बाढिको समेत प्रवाह नगरिकन खटिएको थियो ।नगरकोटी सङसङै रश्मि घलान गरि दुई जना पशु प्राबिधिक खटिएका थिए ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
2

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.