मनहरीमा उपाध्यक्षसङ्ग बालबालिका कार्यक्रममा बालबालिकाको सक्रिय सहभागिता

मनहरीमा बालबालिकाले प्रत्यक्ष उपाध्यक्षसङ्ग प्रश्न राख्ने अवसर पाएकोछ । बाल संजालमा आवद्ध बालबालिकाले निर्धक्क रुपमा बालबालिकाको विषयमा प्रश्न राखेका थिए ।

बालबालिकाले उपाध्यक्ष सीता पुलामी मगर ( रेखा) लाई
बालबालिकालाई बजेटमा सम्बोधन ,बिधार्थी ड्रप आउट , सेफ हाउसको ब्यबस्ता, बाल श्रमको उद्दार, बिधालयमा बालबालिकालाई नियमित स्कुल जानको लागि यातायात सहजता , बाल श्रमबाट प्रभाबितलाई पुनः समायोजन , खेलकुद र मनोरञ्जन लगाएतका विषयमा प्रश्न उठाएका थिए ।

बर्ष ११ कि आयुस्मा राईले बालबालिहरुको लागि खेलकुद र मनोरन्जनका सवालमा प्रश्न राख्दा सबैले ताली बजाएर सम्मान ब्यक्त गरेका थिए ।

जवाफमा कार्यक्रमका प्रमुख अतिथी तथा प्रमुख बक्ता मगरले बालबालिकाको क्षेत्रमा सकेको कार्य गरिरहेको र मकवानपुर जिल्लामै बालबालिकाको क्षेत्रमा सबै भन्दा बढी काम भएको भन्दै विभिन्न बाधा अबरोधका बिच बालबालिका भोलिको आधार भन्दै बालबालिकाको गाँस बास र कपास सहित शिक्षा स्वास्थ्य सहित अन्य बाल अधिकारका सवालमा पालिकाले कसैसँग सम्झौता नगर्ने बताउनुभयो ।

मनहरीका उपाध्यक्षसंग बालबालिका कार्यक्रममा थप्दै उहाँले पैसाको अभावमा कसैले पनि बिधालय शिक्षाबाट बन्चित गरिन्न भन्नुभयो । बालबालिकालाई बिधालय जान सजिलो होस भनेर सयौंको सख्यामा साईकल बितरण गरिएको र अझै बालबालिकालाई बिधालय पढ्न जानको लागि स्कुल बसको ब्यबस्था गर्न लागिएको बताउनुभयो । अब बन्दै गरेको बजेटमा कस्तो कार्यक्रम ल्याउदा प्रभावकारी हुन्छ त्यसमा सल्लाह सुझाव दिन पनि बालबालिकालाई आग्रह गर्नुभएको थियो । सोही अवसरमा बाल सन्जाल मनहरीले गाउँपालिकालाई बाल अधिकारसङ्ग सम्बन्धी मागको ज्ञापन पत्र बुझाईएको थियो ।

बाल कल्याण समाज , ग्लोबल मार्च र स्वतन्त्रता अभियान लगाएतका सस्थाको संयुक्त साझेदारितामा आयोजित कार्यक्रम मनहरी बाल सन्जालका अध्यक्ष मुना भण्डारीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर (रेखा),बाल कल्याण समाज मकवानपुरका अध्यक्ष प्रकाश खड्का, पशुपतिनाथ मा बि मनहरी ४ का बिब्यस अध्यक्ष माधब गौतम लगाएत अन्यको आतिथ्यता रहेको थियो ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
2

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.