साना किसान कृषि सहकारी सस्था लिमिटेड मनहरी ८ ले आफ्नो २६ औं स्थापना दिवस मनाएकोछ । शनिबार एक कार्यक्रमका बिच आफ्नो २६ औं स्थापना दिवसको अवसरमा सह यात्री सहकारी संस्थासङ्ग अन्तर्क्रिया सङ्गै २६ औं स्थापनाको केक काटी खुशी साटासाट गरिएको थियो ।
सस्थाको कुल सम्पती ६४ करोड रहेकोमा ५७ करोड ऋण लगानी रहेकोछ ।जसमा सस्थाको आन्तरिक पुजि २७ करोड र बाह्य ३३ करोड पुजि एबम ४ करोड बराबरको अन्य सम्पती रहेको सस्थाका अध्यक्ष बिमला कार्कीले बताउनुभयो ।
स्थापना दिवसकै अवसरमा मनहरी अस्पतालमा आउने सेवाग्राहीलाई स्वच्छ पिउने पानीको अभाव नहोस् भन्ने हेतुले ५ सय लिटरको पानी ट्यान्की सहित युरोगार्ड अस्पताललाई सस्थाका अध्यक्ष कार्की सहितको टोलिले हस्तान्तरण गरेको हो ।
बागमती प्रदेश नीति तथा योजना आयोग सदस्य एकराज उप्रेतिको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सहकारी सम्बन्धी गतिबिधिका बारेमा छलफल तथा शुभकामना ब्यक्त गरेका थिए ।
साना किसान बिकास लघुबित्त बिकास सस्था हेटौंडाका प्रमुख कृष्ण कुमारी शर्माले सहकारीहरु सदस्य केन्द्रिय नभएर ब्यक्ती केन्द्रित भएका कारण डुबेको भन्दै नेपालमा ३१ हजार सहकारी मध्ये तीन सय जति सहकारीको अवस्था खराब रहेको भन्दै सहकारी सफल बनाउन बित्तीय अवस्थालाई मजबुत बनाउदै ब्यबस्थापक अब्बल हुन जरुरी रहेको भन्दै सस्थाको अनबरत यात्रामा रहेको सस्थाको अझै सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।
सहकारीले आफ्नो स्थापना दिवसका अवसरमा बसामाडी, हर्नामाडी ,भैसे, पलासेका साना किसान सहकारीका प्रतिनिधिहरुको अन्तर्क्रियामा सहभागिता रहेको थियो । सहकारीमा २ हजार ३ सय भन्दा बढी शेयर सदस्य आवद्ध रहेकाछन्।