राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ९ खैराङ्गका ३२ घरधुरीक जनताले घर घरमै पिउने पानीको सुबिधा प्राप्त गरेकाछन् ।
शुक्रबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष राजकुमार मल्लले रिबन काटी बिधिवत रुपमा उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मल्लले डन्टार टोलले पहिलो पटक उपयुक्त खानेपानी पाएको भन्दै यसको समुचित प्रयोग गर्न तर्फ उपभोक्तालाई सतर्क रहन आग्रह गर्नुभयो । वडाको महत्वपुर्ण कार्यालयहरु वडा कार्यालय, प्रहरी चौकी ,स्वास्थ्यचौकी र सहकारी समेत यसै क्षेत्रमा रहेको अवस्थामा पहिले पानीको अभवलाई यो परियोजना सम्पन्नसङ्गै डन्टार क्षेत्रको स्थानिय बासिन्दाहरुको जनजिविका सहज हुने बिश्वास ब्यक्त गर्नुभयो ।
नेपाल ग्रामिण पुनर्निर्माण संस्था आर .एन .एन . र गाउँपालिकाको संयुक्त साझेदारीतामा सन्चालित परियोजनाको अनुगमन तथा हस्तान्तरण कार्यक्रममा अध्यक्ष मल्लद्वारा डण्टार खानेपानी तथा सरसफाई उपभोक्ता समूहलाई कार्य सम्पन्नको प्रमाणपत्र समेत हस्तान्तरण गर्नुभएको थियो ।
यस्तैगरी कार्यक्रमका विशिष्ट अतिथि राक्सिराङ्ग गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देबचन्द्र गर्तौलाले हरेकको घर घरमा धारा आएकोछ यो सानो मेहेनतले आएको होईन भन्दै पानीलाई कसरी उपयोग गर्ने उपभोक्ताको हातमा रहेको र उपभोक्ता आफै पनि दिगोपनाको लागि अग्रसर हुने बिश्वास ब्यक्त गर्नुभयो ।
वडा अध्यक्ष एबम कार्यक्रमका अर्का विशिष्ट अतिथी राम कुमार बाल्पा थिङले डण्टारको खानेपानी दिगो हुने बिश्वास ब्यक्त गर्नुभयो । खानेपानी सुचारु गर्नु मात्रै ठूलो कुरा नभएको र त्यसको संरक्षणमा पनि लाग्न त्यत्तिकै महत्वपुर्ण रहने भन्दै प्रत्येक बर्ष एउटै शिर्षकमा खर्च गर्न अनुचित हुने भन्दै हाम्रा आवश्यकता धेरै भएकोले सम्पन्न योजनाहरुको सहि सदुपयोग सङ्गै संरक्षणमा समुदाय अग्रसर हुनुपर्ने बताउनुभयो ।
आर .एन.एन मकवानपुर जिल्ला संयोजक लिल कार्कीले सफा पानी देख्दैमा पिउन योग्य नहुने भन्दै त्यसमा रहेको रसायनिक र जैबिक तत्वको फिल्टर गरि खान जरुरी रहेने भन्दै संस्थाले स्वच्छ खानेपानी तथा सरसफाईमा लगानी र सचेतना शिक्षा दिईदिदै आईरहेको बताउनुभयो ।
संस्थाले राक्सिराङ्ग गाउँपालिकाको वडा नम्बर
९,१,२,८,६,७ नम्बर६ वटा वडामा ६ वटा खानेपानी आयोजना गरिरहेकोछ । वडा नम्बर ९ को डण्टार भने सम्पन्न सङ्गै समुदायलाई हस्तान्तरण गरिएको हो । वडाको २८ घरधुरी र ४ वटा सस्थागत निकाय गरि ३२ वटा मिटर जडित धारा निर्णाण गरि हस्तान्तरण गरिएको हो । पालिका, जनसमुदाय र संस्थाको संम्युक्त साझेदारितामा सम्पन्न परियोजनाको कुल लागत २४ लाख रहेकोछ ।
डण्टार खानेपानी तथा सरसफाई उपभोक्ता समूहको अध्यक्ष दिपक कुमार नगरकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष , सस्थाका प्रतिनिधि लगाएतकाको आथिथ्यता रहेको थियो ।