मनहरीमा निजामती कर्मचारी श्रीमती संघले बृहत स्वास्थ शिविर सन्चालन गर्ने भएकोछ । जेष्ठ २५ र २६ गते अर्थात शुक्रबार र शनिबार दुई दिने शिविरको उद्घाटन बागमती प्रदेश सरकारका मुख्य सचिब गोबिन्द कार्कीले गर्नेछ । ७२ जनाको विशेषज्ञ टोलि सहितको उपस्थितिमा ११ वटा सेवाहरु प्रदान गरिने शिविर कार्यक्रम संयोजक श्याम कुमार बानियाँले जानकारी दिनुभयो ।
श्रीमती संघको आयोजनामा मनहरी गाउँपालिका वडा नम्बर ७ मनहरी बजार स्थित राष्ट्रिय रोटरी माध्यामिक बिधालयको प्राङ्गणमा हुने शिविरमा छाला तथा यौन रोगसंग सम्बन्धी सेवा, हाडजोर्नी तथा नशा रोगसंग सम्बन्धी सेवा,दन्तरोग सम्बन्धी सेवा, बाल रोग सम्बन्धि सेवा, नाक, कान ,घाँटी रोग सम्बन्धी सेवा,बाथ रोग सम्बन्धी सेवा,मृगौला रोग सम्बन्धी सेवा ,मुटु रोग सम्बन्धी सेवा,प्रसुती तथा स्त्री रोग आङ खस्ने रोगको स्कृनिङ गर्ने,आँखा सम्बन्धी जाँच तथा सामान्य चिकित्सा सेवा प्रदान गरिने आयोजकले जनाएकोछ ।
त्यस्तैगरी भिडियो एक्सरे,ई.सि.जी., ईकोकार्डियोग्राम,ब्लड सुगर परिक्षण गरिनुको साथै परामर्शसंगै निशुल्क औषधिसमेत बितरण गरिनेछ ।
मुख्य आयोजकको रुपमा निजामती कर्मचारी श्रीमती संघको केन्द्रिय कार्यालय अनामनगर काठमाण्डौ रहेको शिविरको सह- आयोजकको रुपमा स्वास्थ्य मन्त्रालय काठमाण्डौ,निजामती कर्मचारी अस्पताल काठमाण्डौ,वीर अस्पताल काठमाण्डौ,कान्तिबाल अस्पताल काठमाण्डौ,परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल थापाथली, सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाण्डौ,राष्ट्रिय मृगौला रोग उपचार केन्द्र काठमाण्डौ र नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाण्डौ गरि आधा दर्जन भन्दा बढी संघ संस्था रहेकाछन्।
बृहत रुपमा संचालन गर्न लागिएको शिविरमा बिरामीको नाम दर्ता गर्ने समय बिहान ८:०० बजे देखि १:३० बजे सम्म र बिरामी जाच्ने समय बिहान ९:०० बजे देखि ४:०० बजेसम्म रहनेछ । दुई दिनसम्म चल्ने शिविरबाट मनहरी गाउँपालिका, राक्सिराङ्ग गाउँपालिका, कैलाश गाउँपालिका र छिमेकी जिल्ला चितवनको पुर्बी क्षेत्रका सेवाग्राही गरि करिब ५ हजार भन्दा बढिले सेवा लिने अनुमान आयोजकले लिईएको कार्यक्रमका संयोजक तथा ज्ञानोदय बाल बाटिका आवासिय माध्यामिक बिधालयका प्रधानाध्यापक श्याम कुमार बानियाँले बताउनुभयो ।