विभेद न्यूनीकरणको लागि व्यवहार परिबर्तनमा जरुरी: वडा अध्यक्ष युसाई प्रजा

राक्सिराङ्गमा सामाजिक विभेद न्युनिकरणका लागि १ दिने सचेतनामुलक कार्यक्रम सम्पन्न भएकोछ । वडा नम्बर ८ को परेवाटारमा सम्पन्न कार्यक्रममा सम्बोधन गर्ने क्रममा वडा अध्यक्ष प्रजाले विभेद न्यूनीकरणको लागि व्यवहार परिबर्तनमा जरुरी रहेको बताउनुभयो ।

जेष्ठ १५ गते मंगलबार भएको कार्यक्रममा समाजमा हुने धेरै बिभेदहरुको न्यूनीकरण गर्न ब्यक्तिको आ-आफ्नो ब्यबहारमा परिबर्तन ल्याउन अत्यावश्यक रहेको र समाजका एक दुई जनाले मात्र दायित्वबोध गर्दैमा समाज बिकासको बाधकको रुपमा रहेको सामाजिक विभेद नघट्ने भन्दै सबैले आ आफ्नो ठाउँबाट सामाजिक विभेद नगर्ने प्रती प्रतिबद्धताका साथै कार्यन्वनयन गर्नु आवश्यकता रहेको बताउनुभयो ।

राक्सिराङ्ग गाउँपालिकाको आर्थिक सहयोगमा राक्सिराङ्ग बिकास संस्थाद्वारा आयोजित १ दिने सामाजिक विभेद न्युनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रममा वडाका निर्बाचित जनप्रतिनिधि, शिक्षक, टोल सुधार समितिका प्रतिनिधी, दलित अगुवा,महिला, संघ सस्थाकाप्रतिनिधी , पाण्डे, झाक्री लगाएतकाको सहभागिता रहेको थियो ।

जानेर वा नजानेर गरिने बिभेदलाई न्युनिकरण गर्न विभेद गर्ने र बिभेदमा परिएका दुबै पक्षलाई समेटी छलफल बहस तथा कार्यक्रम गर्न जरुरी रहने भन्दै पालिकाले यस्ता प्राकृतिको कार्यक्रमलाई प्राथमिकतामा राखी समुदाय स्तरमै छलफललाई जोड दिईएको हो ।

छलफलमा सहभागीहुने सहभागिलाई सामाजिक विभेदले समाजको बिकासमा बाधक रहने भन्दै समाजको अगुवाहरुनै नसच्चिए कहिल्यै समाजको बिकास नहुने कुरा बारे जानकार गराईएको थियो ।

संस्थाले यस अघि पालिकाको ४ वटा बिधालयमा बाल श्रम तथा बाल बिबाह न्युनिकरण सम्बन्धी बिधार्थी लक्षित अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिसकेकोछ ।सामाजिक विभेद अझैपनी समाजमा ब्याप्त रहेको अवस्थामा समाजका अगुवाहरुसङ्ग बसेर छलफल तथा विभेद नगर्ने र न्युनिकरणको लागि प्रतिबद्धता जनाउने उद्देश्यले यस कार्यक्रम राखिएको सस्थाका सचिब बिमला प्रजाले बताउनुभयो । साथै भौतिक बिकास मात्र भएर समृद्धि नहुने भन्दै सामाजिक पक्षहरुको समुचित बिकास हुनुपर्ने बताउनुभयो ।

१ दिने जनचेतनामुलक कार्यक्रमको सहजिकरण कमल कुमार बिश्वकर्माले गर्नुभएको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.