अखिल क्रान्तिकारी मनहरीको अध्यक्षमा प्रकाश मिजार सर्बसम्मत

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ( क्रान्तिकारी ) मनहरी गाउँपालिका प्रथम सम्मेलन भब्यताका साथ सम्पन्न भएको छ।

संगठनले अनुसन्धान मुलक शिक्षा र शैक्षिक बेरोजगारी अन्त्यका निमित्त अखिल क्रान्तिकारीमा गोलबद्द आजको आवश्यक रहेको भन्दै जहाँ बिद्यार्थी त्यहाँ अखिल क्रान्तिकारी भन्ने नारालाई अगाडि बढाएकोछ ।

जेष्ठ १५ गते बिहिबार भएको सम्मेलनमा मनहरी गाउँपालिकाको बिधालय र वडाहरुबाट प्रतिनिधि सहभागी गरि गरिएको सम्मेलनबाट प्रकाश मिजारलाई अध्यक्ष चयन गरिएको हो । मिजारको अध्यक्षतामा २९ सदस्यीय गाउँ कमिटी निर्माण गरिएको हो । नब गठित कमिटिको उपाध्यक्षमा जय बहादुर रोक्का , रन्जन परियार र रबिना खड्का चयन भए। त्यस्तै सचिबमा सन्दिपा अर्याल सह-सचिब श्याम लाल मिजार ,करुणा अधिकारी र स्मृति अधिकारी चयन भएकाछन्।

कोषाध्यक्षमा अश्विन कुमार पौडेल चयन भए । कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सचिबालय सदस्य एबम मकवानपुर जिल्ला समन्वय समिती संयोजक ललित घलान को प्रमुख आथित्यता रहेको थियो । त्यस्तै गरि अखिल क्रान्तिकारी जिल्ला कमिटी अध्यक्ष श्रवण बर्तौला , मनहरी माओवादी केन्द्र उपाध्यक्ष दिल बहादुर स्याङ्बो , कोषाध्यक्ष ध्रुव खडका , पार्टी कार्यलय सचिब श्री कृष्ण ढकाल, विद्यार्थी जिल्ला सह- सचिब राजेन्द्र कुमार मुक्तान , विद्यार्थी जिल्ला कोषाध्यक्ष बुद्धराज अर्याल , कार्यलय सदस्य दिपक वाईबा , मकवानपुर क्याम्पस स्वबियु सभापति छोईसाङ लामा स्याङ्तान अखिल क्रान्तिकारी बकैया गा.पा. अध्यक्ष सागर श्रेष्ठ , विद्यार्थी हेटौडा उपमहानगर पालिका अध्यक्ष बिजन लटौला , उपाध्यक्ष प्रचण्ड बैजु , कोषाध्यक्ष मिनेश पुडासैनी सचिब नवीन श्रेष्ठ को आतिथ्यता रहेको थियो ।

निर्वाचित अध्यक्ष प्रकाश मिजार ले अबको एक बर्ष भित्र मनहरी गाउँपालिकाको हरेक माध्यामिक बिधालयहरुमा संगठन निर्माण गरिने र भएका कमिटी लाई रचनात्मक काम र अतिरिक्त क्रियाकलापमा सहभागी गराउने प्रतिबद्धता ब्यक्त गरे ।

मनहरी गाउँपालिका वडा नम्बर ९ को अग्निहोत्रा आश्रमको सभाहलमा भएको कार्यक्रममा
अखिल क्रान्तिकारी मनहरीका संयोजक सुसन सुवेदीको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
1

+1
0

+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.