मनहरी २ को पशु शिविरमा सयौं किसानले सेवा लिए

मनहरी गाउँपालिकाको वडा नम्बर २ दोभानमा १ दिने पशु शिविर सम्पन्न भएकोछ ।

पालिकाको कृषि तथा पशु शाखाको आयोजनामा आयोजित शिविरमा सयौं कृषकहरुले सेवा लिए भने हज्जारौं पशुपन्छीहरुलाई औषधि तथा भ्याक्सिन लगाईएको थियो ।

किसानहरुले शिविरमा १ सय १३ वटा गाई,७३ वटा भैसी र १ हजार २ सय ६५ वटा बाख्राहरुलाई औषधि , भ्याक्सिन प्राप्त गरेका थिए । त्यस्तै गरि कुखुरा र कुकुरहरुमा १ हजार ६ सय ८५ वटा गरि जम्मा ३ हजार १ सय ३६ वटा पशुपन्छीलाई शिविरबाट औषधि, भिटामिन एबम भ्याक्सिन लगाईएको २ नम्बर वडाका अध्यक्ष राजकुमार पाख्रीनले जानकारी दिनुभयो ।

मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर रेखाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम सफल पार्न वडाका जननिर्वाचित वडा सदस्यहरु , गाउँका अगुवा समाजसेवीहरु लगाएत कार्यालयबाट खटिएका कर्मचारिहरुको सक्रिय सहभागिता रहेको थियो । औपचारिक कार्यक्रम २ नम्बर वडाका अध्यक्ष राजकुमार पाख्रीनको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.