राक्सिराङ्गमा महिनावारी स्वच्छता शिक्षा सम्बन्धी स्कुले छात्राहरुसङ्ग एक दिने अभिमुखिकरण

राक्सिराङ्ग गाउँपालिकामा महिनावारी स्वच्छता सम्बन्धी १ दिने अभिमुखिकरण तालिम सम्पन्न भएकोछ । महिनावारी स्वच्छता दिवसको अवसर पारेर उक्त कार्यक्रम गरिएको हो । यस पटक मे २८ तारिकमा महिनावारी स्वच्छता दिवस परेको र उक्त दिन गणतन्त्र दिवस पर्ने र सार्बजनिक बिदा परेको कारण एक दिन अगावै कार्यक्रम गरिएको हो ।

प्रजा जागृती माध्यामिक बिधालय चैनपुरका कक्षा ९ र १० मा अध्ययनरत ४० जना छात्राहरु सहभागी रहेको कार्यक्रमको आयोजना बियोण्ड बेइजिङ कमिटी काठमाडौंले गरेको हो । त्यस्तै गरि राईट हेयर राईट नाउ (Right Here Right Now) को आर्थिक सहयोग रहेको कार्यक्रममा युवा सेवा समाज मकवानपुले समन्वय गरेको थियो ।

अभिमुखिकरण कार्यक्रममा महिनावारि भनेको के हो? यस्का चक्रहरु , महिनावारि स्वच्छता के हो ? त्यसका महत्व साथै सरसफाईका बारेमा समेत जानकारी गराइएको थियो । साथै घरेलु प्याड बनाउने बिधि र कसरि प्रयोग गर्ने समेत किशोरीहरुलाई सिकाईएको थियो ।

अभिमुखीकरणको सहजिकरण राक्सिराङ्ग गाउँपालिकाका स्वास्थ्य कर्मि सिमा मिश्रले गर्नुभएको थियो ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.