मनहरीमा जारी मनहरी स्काउट क्याम्प शनिबार सम्पन्न भएकोछ ।
राष्ट्रिय रोटरी माध्यामिक बिध्यालय मनहरी ७ को प्राङ्गणमा जेष्ठ १०,११ र १२ तीन दिन देखि संचालनमा रहेको कार्यक्रम शनिबार मनहरी गाउँपालिका उपाध्यक्ष एबम स्काउट प्रमुख सीता पुलामी मगर (रेखा)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
मनहरी गाउँपालिकामै पहिलो पटक आयोजित क्याम्पमा पालिका भित्रका ३ वटा बिधालय महेन्द्र किरण माध्यामिक बिधालय, रोटरी माध्यामिक बिधालय र युनाईटेड ईङ्लिश बोर्डिङ स्कुल र मामा घर हेटौंडाका गरि १ सय २० जना सहभागी रहेको थियो ।
बिधालय उमेरका ११ बर्ष देखि १६ बर्ष सम्मका बिद्यार्थी सहभागीता रहेको क्याम्पमा १५ वटा शाहसिक खेलहरु खेलाईएको थियो । खेलको साथ साथै कल्चर एक्सचेन्ज कार्यक्रममा बिधार्थीको सक्रिय सहभागीता रहेको थियो ।
क्याम्पबाट उनिहरुको पढाईको अलावा बालबालिकामा प्रतिरक्षात्मक क्षमता बढाउन र बालबालिकालाई आफ्नो काम प्रती जिम्मेवार बन्न सिकाउने बिश्वास लिईएको मनहरी गाउँपालिका स्काउट प्रमुख आयुक्त अनन्त पौडेलले बताउनुभयो ।
तीन दिन सम्म सन्चालित क्याम्पको उद्घाटन बागमती प्रदेश सामाजिक बिकास मन्त्री माननीय कुमारी मुक्तानले गर्नुभएको थियो ।