मनहरीका ५ वटा गुम्बाद्वारा बुद्ध जयन्तिको अवसरमा निकाल्यो शान्ती पद यात्रा

मनहरी गाउँपालिकामा महा मानव गौतम बुद्धको २५६८ औं जयन्तिको अवसरमा शान्ती पद यात्रा निकालिएकोछ ।

हजारौंको संख्यामा बौद्ध धर्मावलम्बीको सहभागित रहेको पद यात्रामा मनहरीका विभिन्न वडाहरुमा रहेका गुम्बाहरुबाट सहभागी भएका थिए । वडा नम्बर ७ को रमनटार स्थित पेमा छोईलिङ्ग गुम्बा, मनहरी ७ मनहरी बजार स्थित साङ्ग छ्योफेल गुम्बा,मनहरी ८ स्थित देवकोट गुम्बा, ८ नम्बर कै अर्को टाँसी फुन्छ्योग छ्योईलिङ्ग गुम्बा र ९ नम्बरमा अवस्थित टाँसी देछेनलिङ्ग छ्योईलिङ्ग गुम्बाबाट हजारौंको संख्यामा सहभागी रहेको थियो ।

 

महान धर्म गुरु लामा थुक्तेन रिन्पोछेको प्रमुख आतिथ्यतामा सम्पन्न पद यात्राको समापन कार्यक्रम ८ नम्बर वडाको टाँसी फुन्छ्योग छ्योईलिङ्ग गुम्बामा गरिएको थियो । मनहरीको ज्यामिरे , रमनटार र मनहरी बजारबाट शुरु भएको यात्रामा बालक देखि वृद्धसम्मले आ आफ्नो समुदायको पहिरनमा सजिदै आएका कार्यक्रम प्रचारप्रसार संयोजक सुरेश मुक्तानले जानकारी दिनुभयो ।

महान धर्म गुरु लामा रिन्पोछेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मनहरी गाउँपालिकाको अध्यक्ष रन्जन कालाखेतिको बिशिष्ट आतिथ्यता , मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर , राक्सिराङ्ग गाउँपालिका उपाध्यक्ष बनस्तम थिङको बिशेष आतिथ्यता रहेको थियो । त्यस्तै गरि पद यात्रालाई सफल बनाउन विभिन्न संघ सस्थाका प्रतिनिधी, समुह, बिधार्थी, सुरक्षा निकाय लगाएतकाको सहभागिता रहेको थियो ।

यस्तै गरि २५६८ औं बुद्ध जयन्तीको अवसरमा मनहरी गाउँपालिकाको वडा नम्बर ५ ले पनि र्‍याली निकालिएको छ ।वडा अध्यक्ष दिपेन्द्र अधिकारी सहित अन्य सामाजिक अगुवाको सहभागितामा बुद्ध धर्मावलम्बीले बुद्ध जयन्ती मनाईएकोछ ।

नेपाल सरकारले बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र गौतम बुद्धको जन्म दिन र किरात धर्मावलम्बीको महान चाड उभौलीको अवसरमा सार्बजनिक बिदा दिईएकोछ ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
2

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.