सिमान्तकृत चेपाङ समुदायका २७ जना बिद्यार्थीलाई हिमराईट्स मकवानपुरद्वारा शैक्षिक सामाग्री बितरण

हिमराईट्स मकवानपुले राक्सिराङ्गका २७ जना सिमान्तकृत समुदाय चेपाङ समुदायका बालबलिकालाई शैक्षिक सामाग्री तथा बिधालय पोसाक बितरण गरेकोछ । जेष्ठ ७ गते आईतबार एक कार्यक्रमका बिच राक्सिराङ्ग ५ मा अवस्थित प्रजा जागृती माध्यामिक बिध्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई हिमराईट्स मकवानपुरले छात्रवृत्ति स्वरुप कपडा र शैक्षिक सामाग्री अन्तर्गत ठुलो कक्षामा अध्ययन गर्नेहरुको लागि कपि , पेन , जोमेट्री बक्स , ब्याग र सानो कक्षाको लागि सापनर , इरेजर , पेन्सिल र कपि ब्याग अनि ड्रेस मा सर्ट पाइन्ट जुत्ता टाइ आदि बितरण गरिएको हो ।

हिमराईट्स मकवानपुरको आयोजनामा कोर ईन्टरनेशनल क्यानडाको आर्थिक सहयोग र राक्सिराङ्ग गाउँपालिकाको समन्वयमा उक्त सामाग्री बितरण गरिएको हो ।


सिमान्तकृत समुदायका बालबालिकाहरुको शैक्षिक क्षेत्रमा सस्थाले बिक्रम सम्बत २०७४ साल देखी सहयोग गर्दै आईरहेकोछ । सस्थाले राक्सिराङ्गको २ वटा बिधालय ३ नम्बर वडामा अवस्थित सुर्योदय माध्यामिक बिधालयमा २५ जना र ५ नम्बर वडाको प्रजा जागृती माध्यामिक बिधालयमा २७ जना गरि ५२ जनालाई निरन्तर सहयोग गर्दै आईरहेकोछ । १२ कक्षा सम्मको शिक्षालाई कार्यक्रमले सहयोग गर्दै आईरहेको सस्थाका मकवानपुर जिल्ला सम्योजक कुमारी वाईबाले जानकारी दिबुभयो । साथै उक्त समुदायका बालबालिकालाई सिकाईमा सहजिकरण गर्नकोलागी अतिरिक्त कक्षा सन्चालन समेत गर्दै आईरहेकोछ ।

बितरण कार्यक्रममा राक्सिराङ्ग गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एबम कार्यक्रमको प्रमुख अतिथी देबचन्द्र गर्तौलाले सिमान्तकृत समुदायको शैक्षिक क्षेत्रको उत्थानको लागि लामो समय देखि अनबरत रुपमा लागि पर्दै आईरहेकोमा सस्थालाई धन्यबाद दिदै सरकारी निकाय र गैरसरकारी सस्थाको साझेदारीता र समन्वयबाटै सभ्य र सफल समाजको निर्माण गर्ने हो भन्नुभयो ।

कार्यक्रममा ५ नम्बर वडाका अध्यक्ष हरि बहादुर प्रजा ,गाउँपालिका सामाजिक बिकास शाखा प्रमुख गोबिन्द अधिकारी , बिध्यालयका प्रधानाध्यापक सुर्य बहादुर प्रजा, शिक्षा शाखा प्राबिधिक पासाङ तमाङ लगाएतकाको आतिथ्यता रहेको थियो । कार्यक्रममा बिध्यालय ब्यबस्थापन समितीका अध्यक्ष अङ्गत लामाको सभाध्यक्षता रहेको थियो । कार्यक्रमको सहजिकरण सस्थाका कार्यक्रम संयोजक कुमारी वाईबाले गर्नुभएको थियो ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
1

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.