राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ९ अठारेमा अवस्थित बिद्यार्थीहरुले बाल बिबाह नगर्ने प्रतिबद्धता स्वरुप हस्ताक्षर गरेकाछन् ।
बाल श्रम, बाल बिबाह न्युनिकरण सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रममा कालिका माध्यामिक बिधालयमा कक्षा ८,९ र १० मा अध्ययनरत बिद्यार्थीहरुले २० बर्ष अघि बाल बिबाह नगर्ने भन्दै प्रतिबद्धता स्वरुप हस्ताक्षर गरेकाहुन् ।
राक्सिराङ्ग गाउँपालिकाको आर्थिक सहयोगमा राक्सिराङ्ग बिकास सस्थाको समन्वयमा सम्पन्न १ दिने अभिमुखीकरण कार्यक्रममा बाल बिबाह , बाल श्रम बिरुद्ध नेपालको कानुनमा उल्लेख भएका दण्ड सजाय र बाल बिबाह गर्दा आईपर्ने शारिरिक समस्या एबम बाल श्रमले पार्ने नकारात्मक असरका बारेमा बिधार्थीहरुलाई जानकारी गराईएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष राजकुमार मल्लले राक्सिराङ्गको चुनौती नै बाल बिबाह र बाल श्रम भएको भन्दै त्यसको लागि पालिकाले सचेतनाका कार्यक्रम संचालन गरेको बताउनुभयो । भोलिको राक्सिराङ्गका नेतृत्वकर्ता भनेको अहिलेको बालबालिका भएको बताउदै अहिले नै बाल श्रम र बाल बिबाह जस्ता समस्यामा पर्यो भने हामिले पक्कै पनि सफल र सहि नेतृत्व पाउन नसकिने भन्दै शिक्षामा जोड दिन आवश्यक रहेको र सङ्ग सङ्गै सचेतना जगाउनु पनि आवश्यक रहेको बताउनुभयो ।
त्यसो त राक्सिराङ्गमा बाल बिबाह र बाल श्रमको उच्च दर रहेको बेला कालिका मा बि अठारेका बिद्यार्थीहरुले देखाएको प्रतिबद्धता सराहनिय देखिन्छ । कार्यक्रममा सक्रिय सहभागिता देखाएका उनिहरुले बिधालयमा पढ्ने बाताबरण सृजना गरिदिन आग्रह गरे ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल कार्यपालिका सदस्य शान्ता कुमारी अर्याल , गाउँपालिकाका पोषण कार्यक्रम संयोजक बिमला प्रजा ,बिध्यालय ब्यबस्थापन समिती सदस्य रेशम लोप्चन, बिधालयका शिक्षक विश्व मुक्तान,सरोज दाहाल, बिध्यालय नर्श निकिता थापा मगर रेडियो राक्सिराङ्ग एफ एम का स्टेसन म्यानेजर उमेश राई लगाएतका आतिथ्यता रहेको थियो ।
१ दिने अभिमुखीकरण कार्यक्रमको सहजीकरण बागमती प्रदेश बाल अधिकार समिती सदस्य प्रकाश खतिवडाले गर्नुभएको थियो । कार्यक्रम राक्सिराङ्ग बिकास सस्थाका अध्यक्ष जयकान्त प्रजाको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।