एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको अधिबेशन सम्पन्न भएको छ । संगठनका अध्यक्ष सुजन कुमार मोक्तानको अध्यक्षतामा राक्सिराङ गाउँपालिकाको दोश्रो अधिबेशन सम्पन्न भएको हो ।
अधिबेशनले अशोक थिङ्गको अध्यक्षतामा २१ सदस्यिय नयाँ कमिटीमा उपाध्यक्ष सपना रुम्बा,प्रदिप घलान,सचिवमा प्रकाश थोकर,कोषअध्यक्ष तिर्थराज प्रजा,सहसचिव नारायण महतो रहेकाछन ।
यसैगरी अधिबेशनले महेन्द्र यादब,सुर्य नारयण चौधरी जुनु दोङ लामा दोङ आशा रुम्बा,डिल्ली प्रसाद स्याङतान, तिलक बिक गोबिन्द थिङ लगायत सदस्यमा निर्वाचित गरेकाछन ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन मकवानपुरको जिल्ला अध्यक्ष बसन्त राईको प्रमुख आतिथ्यमा भएको भेलामा शुभरत्न गोले,बनस्तम थिङ,हस्त बहादुर मोक्तान,एकराज गौत्तम साजन पाख्रीन लगायत आतिथि रहेको थियो ।
प्रमुख अतिथी राइले सबै प्रकारका शिक्षकहरुको हक हित र अधिकार सुरक्षित गर्न यस संगठनमा आवद्ध रहनको लागि सबैलाई अपिल गर्नुभयो । अहिलेको रुपान्ततित ब्यबस्था प्राप्त गर्न सबैभन्दा ठूलो योगदान र बलिदान दिएको संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठनले नै रहेको र यस संगठनलाई सबैले उच्च सम्मान गर्नुपर्न बताउनु भयो ।
प्रमुख अतिथी राईले प्रतिक्रियावादी अबषेस हरु अहिलेको प्राप्त ब्यबस्थामा माथी षड्यन्त्र गर्ने,आक्रमण गर्ने र उल्टाउने प्रयत्न भैरहेको प्रसंग उल्लेख गर्दै ब्यबस्था रक्षा गर्नको लागि यसका विरुद्ध देशको प्रगतिशील शिक्षक संगठनहरु एकजुट हुनुपर्ने बताउनु भयो ।