जङ्गली हात्तीले मनहरीमा एक गोठालाको ज्यान लियो

जङ्गली हात्तीको आक्रमणमा परि मनहरीमा एक जनाको ज्यान गएकोछ ।

हात्तीको आक्रमणमा परि मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्बर ६ प्रतापपुरका बर्ष ५४ को काले बहादुर राई रहेको ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरिक्षक दिपक थापा मगरले जानकारी दिनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जको कोर यरियामा गोठालो गएका राईलाई बिहिबार बेलुकी करिब ४ बजे तिर घर फर्कने क्रममा आक्रमण गरि मारेको ईप्रका मनहरी प्रमुख थापा मगरले बताउनुभयो । राईले हात्तीको आक्रमणबाट जोगिन झण्डै ५ सय मिटर भाग्ने प्रयास गरेको तर खोल्सीमा पुग्दा हात्तीले भेट्टाई मारेको र मृतक राईको टाउको क्षतबिक्षत अवस्थामा फेला परेको श्रोतले जनाएकोछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
9
+1
2

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.