राक्सिराङ्ग गाउँपालिकाले आफ्ना किसानहरुलाई मिनिटिलर, स्प्रे पम्प र कम्बाईन मिल बितरण गरेकोछ ।
आईतबार पालिकामा एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतको संयुक्त उपस्थितिमा किसानलाई कृषि औजार बितरण गरिएको कृषि शाखा प्रमुख कृष्ण डुम्रेले जानकारी दिनुभयो ।
चालू आर्थिक बर्ष २०८०/०८१ को ससर्त कार्यक्रम मकै बाली प्रबर्द्धन र रैथाने बाली प्रबर्द्धन कार्यक्रम अन्तर्गत कृषि औजार बितरण गरिएको हो । ससर्त कार्यक्रम (मकै बाली प्रबर्द्धन ) अन्तर्गत ५० प्रतिशत अनुदानमा १५ थान मिनिटिलर, ७५ वटा चार्जिङ्ग स्प्रे पम्प र पालिकाको (रैथाने बाली प्रबर्द्धन) कार्यक्रम अन्तर्गत ७५ प्रतिशत अनुदानमा ११ थान कम्बाईन मिल प्राप्त गरेकाहुन्।
बितरण कार्यक्रममा बोल्नुहुदै पालिका अध्यक्ष राजकुमार मल्लले परम्परागत तरिकाले गर्दै आईरहेको कृषि प्रणालिलाई बिस्तारै प्रबिधी मैत्री बनाउदै लैजानुपर्ने भन्दै उत्पादनमा वृद्धि र जिवनयापनलाई सरल बनाउन पालिकाको यो सहयोग कोषेढुङ्गा बन्ने बिश्वास ब्यक्त गर्नुभयो ।
त्यस्तै कृषि औजार बितरण कार्यक्रममा बोल्दै पालिका उपाध्यक्ष बनस्तम थिङले पालिका किसानको पक्षमा सधै कटिबद्ध भएर उभिने भन्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
पालिकाको ९ वटै वडाको टोल बिकास सस्था, सहकारी, समूह र ब्यक्तिगत फर्मलाई अनुदानका कार्यक्रमले समेटिएकोछ ।
ससर्त अन्तर्गत १० लाख बजेट मार्फत किसानलाई ५० प्रतिशत अनुदानमा मकैको बीउ, बिषाधि, चार्जिङ्ग स्प्रे पम्प र मिनिटिलर किसानलाई बितरण गरिएको हो । त्यस्तै रैथाने बाली प्रबर्द्धन कार्यक्रम अन्तर्गत पालिकाको ४ लाख बजेटबाट ७५ प्रतिशत अनुदानमा कम्बाईनमिल बितरण गरिएको हो ।
ससर्त कार्यक्रम अन्तर्गतका कार्यक्रमहरु मध्ये मिनिटिलर, बीउ मकै, चार्जिङ स्प्रे पम्प किसानलाई बितरण गरिएको र मकैको बिषाधी केहि दिनमै बितरण गरिने त्यस्तै रैथाने बाली प्रबर्द्धन कार्यक्रम अन्तर्गत ८ वटा कम्बाईनमिल बितरण गरिएको र ३ वटा बितरण गर्न बाँकी रहेको औजार पनि केही दिनमै बितरण गरिने पालिका कृषि शाखा प्रमुख डुम्रेले जानकारी दिनुभयो ।