पिच गरिरहेको रोलर माथी एक्कासी खस्यो जलिरहेको मुढा : रोलर खोलामा खस्यो

राक्सिराङ्ग गाउँपालिका अन्तर्गत मनहरी चैनपुर सडक खण्डमा पिच गर्ने जे भो ४० सानो रोलर दुर्घटनामा परेकोछ । सो सडक खण्डको पिच गर्ने कार्य अन्तिम अवस्थामा पुगेको छ ।

सोही सडक खण्डको प्यान्चे नजिक जलिरहेको काठको मुढाले रोलिङ्ग गरिरहेको रोलरसङ्ग ठोक्किन पुग्दा अनियन्त्रित भई झण्डै ५० मिटर तल मनहरी खोलामा खस्न पुगेको थियो । दिउँसो १२ बजेको समयमा भएको उक्त घटनामा रोलर चालक भने हाम फालेर बाच्न सफल भएका थिए ।

आर्थिक बर्ष २०७६/७७ मा भौतिक पुर्बाधार बिकास मन्त्रालय अन्तर्गत पुर्बाधार बिकास कार्यालय भरतपुर चितवनबाट योजना अगाडि सारिएको सडक निर्माणको काम डि. एस. निर्माण कम्पनी प्रा.ली. हेटौंडा ११ मकवानपुरले ठेक्का हात पारेको थियो । डि. एस. निर्माण कम्पनिले १३ करोड २६ लाख ८१ हजार ९६ रुपैयाँ ४१ पैसामा काम सम्पन्न गर्ने गरि योजना आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

२०७७/०६/०१ मा सम्झौता भई योजना २०८१/०२/३० गते सम्म सम्पन्न गर्ने गरि दुई पटक म्याद थप गरिएको थियो ।

मनहरी चैनपुर राक्सिराङ्ग सडक खण्डको कालो पत्रेसङ्गै नाला निर्माण, ठाउँ – ठाउँमा सडक चौडा र तार जाली लगाउने कार्य लगभक सकिएको र दोश्रो चरणको पिच पनि अन्तिम चरणमा रहेको निर्माण कम्पनी श्रोतको भनाई रहेकोछ ।

सडकको लम्बाई ५.५६ किलोमीटर कालोपत्रे हुनेछ भने ६ मिटर देखि ७ मिटरको चौडा बाटो कालोपत्रे गरिएकोछ । त्यस्तै गरि मनहरीबाट प्रबेश गर्ने क्षेत्रमा ५ मिटर चौडा रहनेछ । सडकको कालोपत्रेसंगै मनहरी देखि चैनपुरसम्मको यात्रा सामान्यतया १५ देखि १७ मिनेटसम्ममा पुग्न सकिनेछ ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
2

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.