नयाँ शैक्षिकसत्र शुरु भएसङ्गै आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई सिविन नेपालले शैक्षिक सामाग्री बितरण हो ।
संस्थाले आईतबार मनहरी ८ स्थित महेन्द्र किरण उच्च माध्यामिक बिधालमा अध्ययनरत ४७ जना बिद्यार्थीहरुलाई गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर ( रेखा) को हातबाट बितरण गरिएको संस्थाका सामाजिक परिचालक राजेन्द्र मुक्तानले जानकारी दिनुभयो ।
सिविन नेपाल र सप्लानिरसङ्गको साझेदारीमा एबम मनहरी गाउँपालिकाको समन्वयमा संचालित बालश्रम न्यूनीकरण परियोजना बिगत ३ बर्ष देखि संचालित हुँदै आईरहेकोछ । उक्त परियोजनाबाट मनहरी गाउँपालिका वडा नम्बर ८ नम्बरमा ४७ बिपन्न आर्थिक अवस्था कमजोर र संरक्षकको कमि भएका र बालबालिका धेरै भएका लक्षित परिवारहरुलाई बिगत समय देखिनै अध्ययनको लागि शैक्षिक सहयोग र परिवारको लागि खाद्यान्न लगाएत , आयआर्जनको लागि तरकारी खेती चट्पटे पसलको लागि सामाग्रीहरु जिवन उपयोगी तालिम ब्युटी पार्लर, सिलाई बुनाई ,कम्प्युटर तालिम आदि लगाएतका सहयोग गर्दै आईरहेको छ ।
संस्थाले यसै शैक्षिक शस्त्रबाट लागूहुनेगरी ३२ जना नियमी र अन्य ५ जना गरि ३७ बालबालिकाहरु लाई थप सहयोग गरिएको सामाजिक परिचालक मुक्तानले जानकारी दिनुभयो । जसमा महेन्द्र किरण उच्च माध्यामिक बिधालय मनहरी ८ को २९ जना , प्राथामिक बिधालय मनहरी ८ देउकोट को ३ जना , राष्ट्रिय रोटरी माध्यामिक बिधालय मनहरी ७ को ४ जना र प्रजा जागृती माध्यामिक बिधालय राक्सिराङ ५ मा १ जना रहेकाछन् ।
सहयोग सामाग्री बितरण कार्यक्रममा मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामि मगर (रेखा), मनहरी ८ का वडा अध्यक्ष नारायण उप्रेती , महेन्द्र किरण उच्च माध्यामिक बिधालयका प्रधानाध्यापक कबिता थिङ र सिविन नेपाल मकवानपुर मनहरीका सामाजिक परिचालक राजेन्द्र कुमार मुक्तानको उपस्थिती रहेको थियो ।