चेपाङ्ग छात्राबासको लागि प्रदेश सरकार एक करोड बजेट बिनियोजन गर्छ : सामाजिक बिकास मन्त्री मुक्तान

बागमती प्रदेश सरकारका सामाजिक बिकास मन्त्री माननीय कुमारी मुक्तानले चेपाङ्ग छात्राबासको लागि प्रदेश सरकार एक करोड बजेट बिनियोजन गर्छ भन्नुभएकोछ ।

मन्त्री मुक्तानले मकवानपुर जिल्लाकै बिकट गाउँपालिका राक्सिराङ्ग ९ अठारेमा अवस्थित कालिका माध्यामिक बिधालयको ४४ औं अभिभावक भेलालाई आईतबार सम्बोधन गर्नुहुँदै सामाजिक बिकास मन्त्री मुक्तानले बिकट बस्तिका बालबालिकाको शिक्षामा सहजता प्रदान गर्न र बालबालिकाको शिक्षामा पहुँच बिस्तार गर्नको लागि यो महान तथा पुन्यको काममा प्रदेश सरकारले लगानी गर्छ भन्नुभयो । प्रमुख अतिथी समेत रहनुभएका मन्त्री मुक्तानले जिल्ला समन्वय र पालिकासङ्ग सहकार्य गरि काम अगाडि बढाईने समेत बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै बिशिष्ट अतिथी तथा जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख ललित घलानले अब राज्यले शिक्षा क्षेत्रमा लगानी बढाउनु पर्ने देखिन्छ भन्दै उच्च शिक्षा हासिल गर्नको लागि आधारशिला खडा गर्नको लागि आवश्यक पर्ने पुर्बाधार लगाएत अन्य क्षेत्रमा जिल्ला समन्वयको तर्फबाट खेल्नुपर्ने भुमिका खेल्न तैयार रहेको बताउनुभयो ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथी तथा राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्लले पालिकाले अब भौतिक बिकासलाई भन्दा सामाजिक तथा आर्थिक बिकासलाई बढी जोड दिने बताउनुभयो । गाउँ/गाउँमा बाटो पुगेकोछ , बिजुली पुग्दैछ भने अब शैक्षिक क्षेत्रमा आफुहरुको ध्यान केन्द्रित हुने भन्दै जबसम्म समाजका ब्यक्तिहरु शिक्षित हुदैनन् तब सम्म बिकासको अर्थ नरहने बताउनुभयो । ठूलो भुभागका साथै बस्तिलाई समेटिएको उक्त बिधालयमा क्षात्रबासको निक्कैनै आवश्यक रहेको भन्दै पालिका सरकारले पनि क्षात्रबास निर्माणमा लगानी गर्ने प्रतिबद्धता जनाउनुभयो । क्षात्रबास निर्माणमा सवा दुई करोड बराबरको लगानी अनुमान गरिएकोमा प्रदेश सरकारले १ करोड , गाउँपालिकाले १ करोड र बाँकी जिल्ला समन्वय समितिले रकम ब्यबस्था गर्ने प्रतिबद्धता आएको पालिका अध्यक्ष मल्लले जानकारी दिनुभयो ।

भेलाले सुर्य अर्यालको अध्यक्षतामा नयाँ बिधालय ब्यबस्थापन समिती गठन गरिएकोछ । त्यस्तै भेलाबाट विशाल राउतको अध्यक्षतामा शिक्षक अभिभावक समिती समेत गठन गरिएकोछ । बिधालयले कक्षा १० सम्म निशुल्क भर्ना लिने र बिधालय पढ्ने उमेरका बालबालिकाको बिबाह भएमा स्कुल आफै बिद्यार्थीको तर्फबाट बादी बन्दै मुद्दा लड्ने समेत स्कुलले जनाएकोछ । कार्यक्रममा राक्सिराङ्ग गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देब चन्द्र गर्तौला , ९ नम्बर वडा अध्यक्ष राम कुमार बाल्पा थिङ , शिक्षा शाखा प्रमुख पंकज थारु लगाएत  अन्यको आतिथ्यता रहेको थियो ।कार्यक्रम जेष्ठ सदस्य नारायण अर्यालको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1

+1
0

+1
0

+1
0

+1
0

+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.