राक्सिराङ्ग एकीकृत घुम्ती सिविरमा सेवा लिन २ महिनाको छोरी लिएरै पुगे अनु माया

राक्सिराङ्ग गाउँपालिकाको दोश्रो घुम्ती सिविर शुक्रबार सम्पन्न भएकोछ । शुक्रबार भएको काँकडा स्वास्थ्य चौकी र जुरेथुम प्राथमिक बिधालयमा संचालित शिबिरमा वडा नम्बर ६,७ र ८ का ६ सय जना भन्दा बढीले सेवा लिईएको सिविरका संयोजक तथा स्वास्थ्य शाखा प्रमुख बिजय कापरीले जानकारी दिनुभयो ।

शिविरमा अधिकांशले काखमा स साना बालबालिका लिएर आएका थिए । पुरुषको तुलनामा महिलाको बाक्लो उपस्थिति रहेको शिविरमा सेवा लिन जुरेथुमकी
बर्ष २४ का अनु माया तामाङ २ महिनाको छोरी पिठ्युमा बोकि आईपुग्नु भएको थियो । एकीकृत घुम्ती सिविरबाट स्वास्थ्य शाखा, कृषि तथा पशु पन्छी शाखा, सामाजिक शाखा लगाएत घर घरमा पुगेर सेवा प्रदान गरिएको थियो ।

राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जनतालाई आफ्नै घर आगनमा स्थानिय सरकारको आभास दिलाउन र तत्कालिन एबम आपतकालिन सेवाहरु जनतालाई दिलाउन यस बर्ष पनि शिविरलाई निरन्तरता प्रदान गरिएको बताउनुभयो ।

वडा नम्बर ६,७ र ८ मा संचालित सहकारीहरुलाई सहकारी जागरण अभियान अन्तर्गत प्रशिक्षण दिने क्रममा अब गाउँ गाउँमा सहकारीको बलियो उपस्थिति हुनुपर्ने र पालिकाले पनि सहकारी मार्फत कार्यक्रमहरु सन्चालन गर्ने भन्दै बिश्वका सम्पन्न देशहरु सहकारी अभियानबाटै भएको भन्दै सामुहिक कार्यलाई जोड दिनु आजको आवश्यकता हो भन्नुभयो ।

पालिकाले बिबिध कारण वडा तथा पालिका पुगि सेवा लिन नसकेकाहरुको लागि यो सिविर निक्कैनै प्रभावकारी हुने भएका कारणले पालिका तथा वडा कार्यालयको काम जनताकै घरदैलोमा कर्मचारीको टोलि सहित आएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत देबचन्द्र गर्तौलाले बताउनुभयो ।

चालू आर्थिक बर्षमा ४ वटा शिविर सन्चालन गर्ने कार्यक्रम रहेको मा २ वटा शिविर सम्पन्न गरिसकेको छ भने अब राक्सिराङ्ग ४ नम्बर र ९ नम्बरको अठारेमा क्रमश बैशाख १८ र २१ गते सन्चालन गर्दैछ ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.