मनहरीमा अपाङ्गता सम्बन्धी हक अधिकारका विषयमा क्षमता अभिबृद्दी तालिम सम्पन्न

अपाङ्गता भएका ब्यक्तिहरुको समुचित बिकासका लागि क्षमता अभिबृद्दी तथा आय मुलक कार्यक्रम सोमबार सम्पन्न भएकोछ ।

मनहरी ७ ड्याम साईड किचनमा बैशाख ८,९ र १० गते गरि ३ दिन सम्म चलेको तालिमको समापन मनहरी गाउँपालिका ७ नम्बर वडा अध्यक्ष ठाकुर तितुङ्गको प्रमुख आतिथ्यता रहेको थियो ।

मनहरी गाउँपालिका भित्रका ४० जना अपाङ्गता भएका ब्यक्तिहरुलाई तालिम प्रदान गरिएको आयोजक अपाङ्ग स्वाबलम्बन जीवन पद्धति केन्द्र मकवानपुरले जनाएकोछ । अपाङ्गता भएका ब्यक्तिहरुको लागि संविधानमा उल्लेख भएका हक अधिकार, सेवा सुबिधाका लागि आवश्यक कागजी प्रक्रिया कसरी पुर्‍याउने , बोल्न हुने शब्द नहुने शब्द लगाएत स्वाबलम्बि कसरी बन्ने , किन अधिकारको लागि जागरुक हुन आवश्यक छ भन्ने विषयमा तालिम अबधीभर छलफल तथा जानकारी प्रदान गरिएको थियो ।

एविलिस फाउन्डेसनको आर्थिक सहयोगमा अपाङ्गता स्वाबलम्बन जीवन पद्दतीको आयोजनामा उक्त कार्यक्रम भएको थियो । पालिकाको वडाहरु १ देखि ९ नम्बरसम्मका अपाङ्गत भएका ब्यक्तीहरुको सहभागिता रहेको थियो ।

३ दिन सम्म संचालित तालिमको उद्घाटन मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर ( रेखा) को प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा सहभागी अपाङ्गता भएका ब्यक्तिहरुले तालिमबाट आगामि दिनमा तालिमबाट सिकेका कुराहरु निक्कै प्रभावकारी हुने बताए । आवास सहितको तालिम सन्चालन गरिएको कार्यक्रमको समापन अपाङ्ग स्वाबलम्बन जीवन पद्धति केन्द्र मकवानपुरका अध्यक्ष दिल बहादुर स्याङ्बोले गर्नुभएको थियो ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.