बिहिबार साँझ चट्याङ लागेर दुई जना घाईते हुन पुगेकोछ । घाईते हुनेमा एक पुरुष र एक महिला रहेकाछन् । राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ८ धुसा बगरका तिलक घलानको छोरा बर्ष १५ को सुबास घलान र अनिल घलानको श्रीमती बर्ष ३४ को सुस्मिता घलान घाईते भएकाहुन् ।
उनिहरुलाई घरमा बसिरहेको अवस्थामा चट्याङले हानेको थियो । चट्याङ लागेर घलानको घरमा घाईते दुबै जनाको उपचारको लागि गाउँमै सन्चालन हुने बोलेरोमा मनहरी ल्याईएको छ । चट्याङ लागेर सुस्मिता घलानको बायाँ हात नचल्ने र घाँटीमा दुखाई रहेको ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी प्रमुख प्रहरी निरिक्षक दिपक थापा मगरले जानकारी दिनुभयो । बिरामीहरुको मनहरी अस्पतालमा उपचार भईरहेको समेत प्रहरी प्रमुख थापा मगरले जानकारी दिनुभयो ।