माईती नेपाल र हिमराईट्स लगाएतका टोलि सहयोग सहित सुत्केरी महिलालाई भेट्न पुगे

राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ६ बाङराङ्ग (पाङ्थली ) का एक सुत्केरी महिलालाई भेट्न माईती नेपाल र हिमराईट्स लगाएतका टोलि बुधबार पुगेको हो । गत चैत्र २३ गते शुक्रबारका दिन ४६ बर्षिया बिन्दुमाया चेपाङले नबौं सन्तानको रुपमा छोरालाई जन्म दिएकी थिईन् ।

नबौं सन्तानलाई जन्मदिएका चेपाङको ४ वटा बच्चा भने गर्भावस्थामै खेर गएको परिवारको भनाईछ ।चेपाङको घरपरिवारमा परिवार संख्या ठूलो भएको र सुत्केरी अवस्थामा आवश्यक पर्ने पौष्टिक आहार, खाद्यान्न , लगाउने कपडा लगाएत अन्य सामाग्री उपलब्ध गराईएको हो ।

राहतका सामाग्री संगै पुगेका माईती नेपालका कार्यक्रम संयोजक माया लामाले सुत्केरी र उनका श्रीमानलाई अब भएका बालबच्चाको स्याहारमा लाग्न र दोहोर्‍याए यस्तो गल्ती नगर्न सजक गराउनुभयो । उहाँले थप्दै भन्नुभयो हामिले प्रदान गर्ने सहयोगले बर्ष भरी त नपुग्ला तर केही समयको लागि राहत मिल्ने र घर परिवारका सदस्यलाई सजक गराउन पनि आएका हौं ।

त्यस्तै गरि हिमराईट्सका कार्यक्रम संयोजक कुमारी वाईबाले मान्छेलाई बाच्न पाउने अधिकारबाट बन्चित गराईनुहुन्न भन्दै सुत्केरी अवस्थामा पनि खाने कुरा नभएर बस्नु परेको खबरले आफूहरुलाई त्यसै बसिराख्न मनले नदिएको र थोरै भएतापनी खाना, नानाको जोहो गरि ल्याईदिएको बताउनुभयो । यात्राको क्रममा केही कठिनाइ भएतापनी वास्तविक सहयोग गर्नुपर्ने बर्गलाई सहयोग गर्नु पाउँदा खुसी लागेको बताउनुभयो ।

राक्सिराङ्ग गाउँ पालिका ६ नम्बर वडा अध्यक्ष अक्कल बहादुर मुक्तानले मनकारी सहयोगी दाताहरुलाई धन्यवाद दिदै घर परिवारलाई अब सजक हुन आग्रह गर्नुभयो । घरको अवस्था निक्कै दयनिय भएको कारण वडा अध्यक्ष मुक्तानले पनि लोकल कुखुरा सहयोग गर्नुभएको थियो ।

सुत्केरी चेपाङलाई सहयोग गर्ने सहयोगी हातहरुमा माईती नेपाल , हिमराईट्स, मानव अधिकार समूह राक्सिराङ्ग, वडा सरकार लगाएतका थिए । सहयोगी दाताहरुले नुन, तोरिको तेल , दुई बोरा चामल, लुगाधुने साबुन , सरफ, नुहाउने साबुन, सुत्केरी आमा र नबजात शिशुलाई लगाउने कपडा, बदाम, काजु, घ्यु र लोकल कुखुरा लगाएत अन्य सामाग्री सहयोग गरिएको थियो ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
1

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.