राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ३ खहरेमा बिजुली सर्टका कारण एक घर र गोठ जलेका ६८ बर्षिय हरि बहादुर राना मगरलाई आपतकालीन राहत प्राप्त भएकोछ ।
आगलागीका कारण खाने अन्नपात , लत्ताकपडा , भाडाकुडा र नगद सबै आगोले खाईदिए पछि घरमा खान अन्न नभएको अवस्थामा राक्सिराङ्ग गाउँपालिका ३ नम्बर वडाका अध्यक्ष उत्तम वाईबाले आपतकालीन राहत उपलब्ध गराउनुभएको हो ।
आपतकालीन राहात अन्तर्गत २ बोरा चामल, ४ प्याकेट तेल,२ किलोग्राम दाल , त्रिपाल र एक सेट भाडाकुडा पिडित परिवारलाई प्रदान गरिएको हो ।
आगलागीबाट मगरको जग्गाको लालपुर्जा, नगद, लत्ताकपडा, खाद्यान्न र भाडाकुडा जलेर नष्ट भएको हो ।
रानाका साथमा ७० हजार श्रीमती देबि माया राना मगरको उपचारको लागि बिदेशमा रहने कल्याण राना मगरले तीन लाख रकम दिएको र अर्का छोरा सजन राना मगरले ३० हजार रुपैयाँ सहित देबि माया आफैसंग पनि ७० हजार रुपैया गरि ४ लाख ७० हजार रुपैयाँ बराबरको नगद जलेर नष्ट भएको थियो ।