शताब्दी पुरुष केबुन तमाङलाई वडा सरकारद्वारा सम्मान

राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ६ बाङ्गराङ्ग गैरिथान निवासी एक शताब्दी पुरुष जित बहादुर केबुन तमाङ सम्मानित हुनुभएकोछ ।

बिक्रम सम्बत १९७८ सालमा जन्मिनुभएका शताब्दी पुरुषलाई शुक्रबार उनको आफ्नै निवासमा पुगेर राक्सिराङ्ग ६ नम्बर वडाले सम्मान गरेको हो । तामाङ ड्रेस, टोपी , र माला लगाएर सम्मान गरिएको थियो । आफ्नो वडा भित्र रहेका बृद्धबृद्धालाई सम्मान गर्ने कार्यक्रम अनुसार उहालाई सम्मान गरिएको वडा अध्यक्ष अक्कल बहादुर मुक्तानले जानकारी दिनुभयो । साथै हामिले हाम्रो समाजको जिउँदो ईतिहासलाई सम्मान गर्न पाउँदा ज्यादै खुशी लागेको समेत बताउनुभयो ।

सोही अवसरमा वडाले १ सय ३ वर्षिय बृद्ध केबुन तमाङलाई सामाजिक सुरक्षा भत्ता बापत प्राप्त गर्ने रकम अन्तरगत पचास हजारको चेक वडा अध्यक्ष मुक्तानले तमाङलाई हस्तान्तरण गर्नुभएको थियो ।

१८ बर्षको उमेरमै ब्रिटिस आर्मिमा भर्ती हुनुभएका केबुन तमाङ ब्रिटिस आर्मीको सेवा निबृत पेन्सन स्वरुप मासिक १२ हजार भारतिय रुपैयाँ प्राप्त गर्दै आईरहनुभएकोछ । शारिरिक रुपमा स्वस्थ रहनुभएका तमाङको घरमै स्वास्थ्य परिक्षण समेत गरिएको थियो ।

केबुन तमाङका ६ जना छोरा र ६ जना छोरीबाट १ सय २५ जनाको मुलि रहनुभएका तमाङले आफ्नो जिवनमा यसरी पहिले कहिल्यै सम्मान प्राप्त नगरेको भन्दै खुशी ब्यक्त गर्नुभयो। सम्मान कार्यक्रममा वडा अध्यक्ष अक्कल बहादुर मुक्तान सहित वडा सचिब पुनम रुम्बा , समाजसेबी रावण प्रजा , स्वास्थकर्मी जिना लामा सहित तमाङका आफ्ना आफन्त र छिमेकीहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
2

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.